२२ असोज, राैतहट । प्रहरीले आइतबार रौटहटबाट पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ ।
जिल्ला अदालत रौतहटमा आइतबार नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै उनकी छोरीलाई पनि प्रहरीले लगेको थियो । तर, प्रहरीले गएराति नै छोरी रेवती आमालाई बुझाएको छ ।
रौतहटमा कार्यरत नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले रेवतीलाई गएराति नै जनकपुर पठाएर आमाको जिम्मा लगाइएको जानकारी दिए ।
स्वतन्त्र मधेसको वकाल गर्दै आइरहेका राउतलाई प्रहरीले आइतबार नियमित पेशीमा उपस्थित भएर फर्कंदै गर्दा पक्रेको थियो ।