+
+
Shares

सिन्धुपाल्चोकबाट अढाई करोड बढी मूल्यको भेपसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले करिब दुई करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका अवैध भेप (विद्युतीय चुरोट) सहित एक जनालाई पक्राउ गरेको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ असार ८ गते २२:१६

८ असार, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले करिब दुई करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका अवैध भेप (विद्युतीय चुरोट) सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) काजीकुमार आचार्यले बरामद भएको भेप ७ हजार ७०० थान छ । उनका अनुसार गोप्य सूचनाका आधारमा आइतबार बिहान साढे ४ बजे बाह्रबिसे नगरपालिका–३ खाग्दल क्षेत्रबाट उक्त भेप बरामद भएको हो ।

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाइछिपाइ भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा उक्त भेप फेला परेको प्रहरीले जनाएको छ ।

उक्त भेपसँगै जुगल गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेको एसपी आचार्यले जानकारी दिए । उनीसँग भेप ओसारपसारमा प्रयोग भएको प्रदेश ३–०१–०२४ च १२११ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि जेठ १ गते राति भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ९ वटा बोराले छोपेर लुकाएर ल्याइएको ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?