+
+
Shares

विखण्डनकारी समूहको सुक्ष्म निगरानी गरिरहेका छौंः प्रधानसेनापति

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते २०:३८

२५ असोज, काठमाडौं । नेपाली सेनाले संविधानविरोधी र विखण्डनकारी तत्वका गतिविधिको सुक्ष्म अध्ययन भइरहेको बताएको छ । साथै राष्टिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चिता गर्न सेनाको कर्तव्य भएको सेनापति पूर्णचन्द्र थापाले बताए ।

आर्मी अफिसर्स क्लबमा बिहीबार आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रममा सेनापति थापाले भने, ‘नेपाली सेना संविधानविरोधी र विखण्डनकवादी तत्वहरूका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरूलार्इ सुक्ष्म रूपमा नियालेर निरन्तर मुल्यांकन गरिरहेको छ ।’

आन्तरिक द्वन्द्वको समाधान राजनीतिक माध्यमबाट गर्नु सही विकल्प भएपनि अरु विकल्प पनि छन् भन्ने विर्सन नहुने सेनाले बताएको छ । ‘संविधानले सुम्पेको जिम्मेवारी पुरा गरी राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चिता गर्नु नेपाली सेनाको परम कर्तव्य हो’ सेनापति थापाले भनेका छन् ।

यो एकल प्रयासबाट सम्भव नहुने तर, राष्ट्रिय निर्देशन प्राप्त भए सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सम्बोधन गर्न सेना तयार रहेको सेनापति थापाले बताए । ‘सोही बमोजिम मातहतमा निर्देशन भएको पनि अवगत गराउन चाहन्छु’ उनले भने ।

पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलिएको विषयबारे राखिएको जिज्ञासामा थापाले केही पक्षमा सुधार आवश्यक रहेको जवाफ दिए । ‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र छ । केही पक्षमा सुधार पनि गर्नुछ । तर, सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन’, उनले थपे, ‘यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’

भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’

‘बाहिर आए जति त होइन तर, केही हदसम्म हो’, उनले अगाडि भने, ‘त्यसलाई विस्तारै निर्मुल पार्दै लान्छौं ।’

सेनाको अत्यधिक व्यवसायिक संलग्नताबारेमा प्रश्न उठ्दा उनले संविधानले तोकेको जिम्मेवारी मात्रै आफूहरुले बहन गरेको बताए । ‘विकास निर्माणमा हाम्रो उपस्थिति संविधानले तोकेको जिम्मेवारी नै हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?