+
+

अहंम प्रश्नः के हामी विशुद्ध शाकाहारी बन्न संभव छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते ११:५६

दशैंको बेला छ, अधिकांशको घर-आँगनमा घोर्ले खसी बाँधिएको होला । भान्सा-भान्सामा मासुकको मिठो पाकवान बन्दै होला । किनभने पर्व नै, मिठो खाने, राम्रो लगाउने । खसी, राँगा, कुखुरा, हाँस, सुँगुर, माछा अनेकथरी मासु नपाक्ने भान्सा सायदै होलान् ।

तर, यतिबेला सामाजिक सञ्जालमा एकाथरीले मासुरहित दशैंको कामना गरिरहेका छन् । उनीहरुको भनाई छ, -भान्सामा मासुकको मिठो पाकवान बन्दै होला । किनभने पर्व नै, मिठो खाने, राम्रो लगाउने । खसी, राँगा, कुखुरा, हाँस, सुँगुर, माछा अनेकथरी मासु नपाक्ने भान्सा सायदै होलान् ।

तर, यतिबेला सामाजिक सञ्जालमा एकाथरीले मासुरहित दशैंको कामना गरिरहेका छन् । उनीहरुको भनाई छ, ‘आफ्नो खुसी मनाउनका लागि अरुको खुसी नखोसौं ।’ अर्थात काटमार नगरौं । अवोध पशुपंक्षीको हत्या नगरौं । दशैं र धर्मको वाहनामा पशु हिंसा नगरौं । सात्विक दशैं मनाऔं । सागसब्जी सेवन गरौं ।

दशैंमा कतिपयले बली चढाउने गर्छन् । यसलाई एकाथरीले परम्परागत संस्कृति मानेर निरन्तरता दिदै आएका छन् भने अर्कोथरीले यसलाई अस्विकार गर्दै आएका छन् । बली प्रथालाई एक सांकेतिक रुपमा बुझ्नुपर्ने उनीहरुको भनाई छ । बलीको अर्थ आफैभित्रको खराब तत्वहरुलाई नष्ट गर्ने हो भन्ने तर्क पनि छ ।

वास्तवमा मासु वा मासुजन्य परिकार मानव स्वास्थ्यका लागि अनुकुल मानिदैन । तर, कपितय पौष्टिक तत्वको अभाव पुरा गर्न हामी मासु खान्छौं । जबकी मासुको विकल्पमा त्यही पोषक तत्व प्राप्त हुने अन्य खाद्यपदार्थ पनि नभएको होइन ।

तर, नेपाली समाजमा मासुलाई पोषक तत्वको रुपमा भन्दा पनि स्वादको रुपमा सेवन गरिन्छ । यसर्थ मासु काट्ने, पकाउने, भण्डारण गर्ने, खाने कुरा त्यती स्वस्थ्यकर हुँदैन । त्यसैले त चिकित्सकहरु भन्छन्, ‘सकेसम्म मासु सेवन नगर्नुहोस् ।’ उच्च रक्तचाप लगायत जीवनशैलीसँग सम्बन्धित रोगमा मासुजन्य परिकार त्यागेकै राम्रो मानिन्छ ।

के मासु त्याग्न सकिएला ? यो प्रश्नको उत्तर भने आफुले आफैभित्र खोज्नुपर्छ । किनभने मासु खानु वा त्याग्नुमा तपाईं आफ्नो इच्छाको कुरा हो ।

हुन त शाकाहारीबारे पनि विभिन्न किसिमको मतान्तर पाइन्छ । कतिले माछामासु वा प्राणी हत्या गर्ने र प्राणीको मासु नखानुलाई शाकाहारी मान्छन् भने कतिपयले यसमा मात्र चित्त बुझाउँदैनन् । उनीहरुले गाईको दुधसमेत सेवन नगर्नुलाई शाकाहारीको रुपमा अथ्र्याउने गर्छन् ।

शुद्ध शाकाहारी, जसलाई यूरोपमा भेगान भनिन्छ । त्यसो त यूरोपमा भेगानले जहिले पनि सशंकित हुनुपर्छ कि, कतै मासुले बनेको परिकार मिसावट हुने त होइन ?

हामीकहाँ पनि खानेकुरा तयार गर्दा शाकाहारीका लागि छुटै भान्सा हुनेगर्छ । माछामासु पकाएको भाँडावर्तन प्रयोग गरेको समेत नरुचाउनेहरु धेरै हुन्छन् । उनीहरु पाहुनापात जाँदा होस् वा भोजभत्तेरमा, माछामासुबाट अलग राखेर शुद्ध ढंगले पकाएको खानेकुराको अपेक्षा गर्छन् ।

के विशुद्ध शाकाहारी हुन संभव छ ?

स्वास्थ्यका हिसावले, संवेदनाका हिसावले, प्रेमका हिसवाले, मानवियताको हिसावले, चेतनशिल प्राणीको हिसावले अरु प्रणीको हत्या गरेर त्यसको शरीरलाई आफ्नो आहार बनाउनु धेरैलाई निको लाग्दैन ।

हो पनि, अरुको हत्या गरेर आफ्नो स्वाद लिनु चेतनशिल प्राणीका लागि त्यती सुहाउँदो कुरा होइन । यही कुरालाई बोध गरेर अहिले विश्वमा नै मासुमांस त्याग्नेहरुको लहर छ । मासु कतिपय पौष्टिक तत्वको स्रोत भएपनि त्यसको सेवनले थप रोग निम्त्याउने भय छ । यही कारण माछामासु खानुभन्दा त्यागेकै राम्रो हो भन्ने लाग्छ ।

तर, कतिपय यस्ता शाकाहारी छन्, जो माछामासुको सम्पर्कमा आउनसमेत हच्किन्छन् । सामान्य लटपट भएमा पनि उनीहरु घिन मान्छन् । दुखी हुन्छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि, के हामी मासुजन्य परिकार वा पर्दाथबाट त्यती धेरै अलग रहन सक्छौं ? के हामी सम्पूर्ण रुपमा शाकाहारी हुन सक्छौं ?

जबकी हामीले नुहाउने स्याम्पूमा अन्डा प्रयोग गरिएको हुन्छ । यस्ता थुप्रै घरायसी प्रयोजनका सामाग्री छन्, जसमा जनवारको मासु, वोसो, छाला, हड्डी प्रयोग गरिएको हुन्छ । हाम्रो दैनिकीमा यस्ता कुराहरुको प्रयोग कुनै न कुनै रुपमा हुनेगर्छ । औषधी, सौन्दर्य प्रसाधनमा समेत यी जनवारको रसायनहरु प्रयोग गरिन्छ ।

जस्तो कि, गाइको कलेजोबाट, भिटामिन बि १२ बनाइन्छ । ग्लाइकोजैन, जो प्याक्रियाजबाट निकालिन्छ, ब्लड शुगर लेभल बढाउनमा प्रयोग गरिन्छ । मेलाटोनिक जनवारको पीनियल ग्लान्डबाट निकालिन्छ, जसलाई निद्रा आउने विरामीका लागि प्रयोग गरिन्छ । सुँगुरको पेटको पित्तकाट कब्जियतको औषधी बनाइन्छ । ह्यालूरोनिक एसिड सौन्दर्य उत्पादनमा प्रयोग गरिन्छ, जो जनवारको जोर्नीबाट निकालिन्छ ।

जनवारसँग क्रुरता

सुगन्धित चिजमा जनवारको उत्पादन अत्याधिक प्रयोग हुन्छ । कस्तुरी, जो महंगो परफ्युममा प्रयोग गरिन्छ । हिमालयको मस्क हरिणबाट निकालिन्छ । हरिणलाई मारेर त्यसको ग्ल्यान्ड सुकाइन्छ र फेरी त्यसलाई अल्कोहलमा डुबाइन्छ, ताकि कस्तुरी निकाल्न सकियोस् । कैस्टोरियम पेस्ट जेल केमिकल हुन्छ, जो कलेजोबाट निकालिन्छ । ताजा र नयाँ सुगन्ध निकाल्नका लागि परफ्युममा प्रयोग गरिन्छ । जनवारको मलद्वारबाट निकालिने रसायन परफ्युममा प्रयोग गरिन्छ । वास्तवमा प्रकृतिले जनवारको शरीरमा गन्ध यसकारण दिएको हो कि, त्यो अर्को जनवारलाई मन नपरोस् वा आफ्नो साथीलाई सावधान गर्न सकियोस् । तर, अहिले यस्ता गन्ध जम्मा गरेर औद्योगिक उत्पादनमा प्रयोग गरिन्छ ।

मानिस हो जनवारको सत्रु

जनवारको टिश्युबाट निकालिने एसिड लिपिस्टिकमा प्रयोग गरिन्छ । प्रोभितामिन बि ५ श्याम्पू र कन्डिशनरमा लगाइन्छ, जो जनवारको सिंग, खुर, प्वाँख, केसबाट निकालिन्छ । यसरी हामीले दिन-दैनिक प्रयोग गर्ने धेरै कुरामा जनवारको अंग, प्रत्यांग प्रयोग गरिएको हुन्छ । यसकारण मानिस जनवारप्रति क्रुर छन् । खासमा जनवारको सत्रु भनेकै मानिस हुन् ।

शुद्ध शाकाहारीको प्रश्न

शाकाहारी हुनु भनेको माछामासु त्याग्नु हो । मासुजन्य परिकार सेवन नगर्नु वा प्रयोग नगर्नु हो । कुनैपनि प्राणीको हिंसा नगर्नु हो । तर, वर्तमान जीवनशैलीले हामीलाई कुनै न कुनै रुपमा मासुजन्य पदार्थको नजिक पुर्‍याउँछ । यस्तो अवस्थामा विशुद्ध शाकाहारी कसरी हुने ? यो एक अंहम प्रश्न हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?