Comments Add Comment

कोरियामा धिरजसँग रेनशा, भन्छिन्-‘साम्राज्ञी अब हङकङ शोमा जान्छिन्’

अष्ट्रेलियाका विभिन्न शहरमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को भव्य शो आयोजना भयो । अष्ट्रेलियामा बस्ने नेपालीले यो चलचित्रलाई रुचाए । अष्ट्रेलियामा आयोजना भएको शोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर पुगेका थिए । साम्राज्ञी र धिरजको जोडीले कंगारुको देशमा खुबै चर्चा पनि भयो ।

अहिले यो चलचित्रको शो दक्षिण कोरियामा भैरहेको छ । दक्षिण कोरियाको सिओलमा आयोजित शो भव्य भएको निर्देशक रेनशा वान्तवा राइले जानकारी दिएकी छिन् । चलचित्रको कोरिया शोका लागि निर्देशक वान्तवा र नायक राई पुगेका छन् । कोरियामा अझै ३ वटा शो हुने वान्तवाको भनाई छ ।

उनले, साम्राज्ञी र आफू पालै पालो विभिन्न देशमा आयोजना हुने शोमा पुग्ने बताइन् । अब, साम्राज्ञी हङकङमा आयोजना हुने शोमा पुग्ने रेनशाले जानकारी दिइन् । नेपाली बक्स अफिसमा राम्रो कारोबार गरेको यो चलचित्रमा साम्राज्ञी र धिरजको साथमा सारुक ताम्राकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment