+
+
Shares

गोरखामा दुई घर जलेर नष्ट, लाखौंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते ९:०९

२५ कात्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ ज्यामिरेमा आगलागीबाट दुई घर जलेका छन् । स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दीपकको ढुंगामाटोले बनेको तीन तले घरसँगै नगद एक लाख पचास हजार, लत्ता कपडा तथा भाँडाबर्तन समेत जलेर नष्ट भएको छ । दीपकको घरमा लागेको आगोबाट करिब दश लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

त्यस्तै निर्मलाको एक तले घरभित्र रहेको नगद ८० हजार, ६ तोला सुनसँगै लत्ताकपडा, भाँडाबर्तन तथा अन्नपात जलेर नष्ट भएको बताइएको छ । पीडित परिवारको भनाइअनुसार निर्मलाको घरमा लागेको आगोबाट सात लाखभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

शुक्रबार साँझ आगलागी भएपनि शनिवार बिहान मात्र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएसँगै प्रहरी चौकी घ्याल्चोकबाट प्रहरी टोली खटिएको थियो । शुक्रबार साँझबाट लागेको आगो शनिबार दिउँसो एक बजे मात्र नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीयबासी मिलेर आगो निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?