+

हिगुइन पेनाल्टीमा चुके, अनि रातो कार्ड पाए

२०७५ कात्तिक  २६ गते ६:०८ २०७५ कात्तिक २६ गते ६:०८
हिगुइन पेनाल्टीमा चुके, अनि रातो कार्ड पाए

काठमाडौं । गोन्जालो हिगुइनले पेनाल्टी मिस गर्नुका साथै रातो कार्ड पाएको खेलमा युभेन्टस विजयी भएको छ । सिरी एमा आइतबार राति भएको युभेन्टसले एसी मिलानलाई २–० ले हराएको हो ।

एसी मिलानको घरेलु मैदानमा भएको खेलमा मारियो मान्जुकिजले आठौं मिनेटमा नै युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले भीएआरको मदतमा पेनाल्टी पायो, जुन उसका लागि खेललाई बराबरी गर्ने अवसर पनि थियो । तर, हिगुइन पेनाल्टीमा गोल गर्न चुके ।

खेलको ८१ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि नै हिगुइनले रातो कार्ड पाए । पहिले नै पहेँलो कार्ड पाएका उनले म्याच अफिसियलसँग विवाद गरेपछि दोस्रो पहेँलोसँगै रातो कार्ड पाएका हुन् ।

जितसँगै युभेन्टस १२ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा छ भने २१ अंक जोडेको एसी मिलान पाँचौं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय