Comments Add Comment

बिहेपछि दीपिकाको फिल्मी करिअर दिवाकरको हातमा ?

करिब ४ बर्ष लामो प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा बदलेपछि नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई चर्चामा छन् । दिवाकरले त आफूले केही चलचित्र निर्देशन गर्दा नपाएको चर्चा दीपिकासँग इन्गेजमेन्ट गर्दा पाएको बयान समेत दिन थालेका छन् ।

नायिका दीपिका प्रसाइले पनि आफ्ना २ वटै चलचित्रले राम्रो व्यापार गरेकाले अब आफूलाई चलचित्रको नशा लाग्न थालेको प्रतिक्रिया दिइसकेकी छिन् । यस्तो अवस्थामा अब दिवाकरको जीवनमा प्रवेश गरेपछि दीपिकाको करिअर के होला भन्ने चर्चा सुरु भएको छ ।

निर्मात्री पूनम गौतमले निर्माण गर्न लागेको चलचित्रबाट दीपिकाले हात धुनुको मुख्य कारण नै उनको इन्गेजमेन्टलाई मानिएको छ । नत्र, साइन गर्न लागेको चलचित्र दीपिकाले छाड्नुपर्ने अन्य कारण नै केही थिएन । पहिलो चलचित्र ‘ऐश्वर्य’ दिवाकरकै निर्देशनमा काम गरेकी दीपिकाले दोश्रो चलचित्र ‘छक्का पन्जा ३’मा काम गरिन् । ब्लकबस्टर यो चलचित्रमा काम गरेपनि दीपिकालाई खासै फाइदा नभएको टिप्पणी हुने गरेको छ ।

यो विचमा अब दीपिकाको फिल्मी करिअर जोगाउने जिम्मा दिवाकरकै हातमा गएको त होइन ?  निर्देशक दिवाकरले चलचित्र ‘क्याप्टेन’पछि अर्को एक चलचित्र निर्देशन गर्दैछन् । दिवाकरले यो चलचित्रमा दीपिका नै नायिका हुने बताएका छन् । दिवाकरको यो कुराले पनि के प्रष्ट हुन्छ भने दीपिकालाई अब चलचित्र करिअर अगाडि बढाउन निर्देशक श्रीमान्कै साथ बढी चाहिएको छ । तर, दिवाकर र दीपिकालाई एउटै चलचित्रमा राख्न निर्माता तयार भएनन् भने के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment