Comments Add Comment

तपाई पनि बन्ने हो कुकिङ क्विन ?

तपाई भान्साको काम गर्न कति रुची राख्नुहुन्छ ? खाना पकाउनुलाई ‘ड्युटी’ ठान्नुहुन्छ कि केही नयाँ प्रयोग ?

अक्सर गृहणीका लागि खाना बनाउनु नियमित रुटिन अन्र्तगतको काम हो । बिहान उठ्नसाथ दाल, भात, तरकारी पकायो । अचार बनायो । बालबच्चा र परिवारका सदस्यलाई ख्वायो । भाँडावर्तन सफा गर्‍यो । वस् । बिहान र साँझको तालिका यस्तै हुन्छ ।

सधै उस्तै काम, उस्तै शैली, उस्तै परिकार । गृहणीलाई दिक्क लाग्नु स्वभाविक हो । तर, खाना पकाउनु आफैमा एक कला हो । यसलाई पाककला पनि भनिन्छ । उनीहरुले यसमै इन्जोए गर्न सक्छन् । यसका लागि पाककलामा रुची भने हुनुपर्छ ।

खाना पकाउनु भनेको केवल समय गुजार्नु मात्र होइन । खाना पकाउनु निरर्थक काम होइन । अनुत्पादक काम पनि होइन । अक्सर गृहणीलाई किनपनि यो काम दिक्कलाग्दो लाग्छ भने, खाना पकाइरहँदा त्यसबाट आफ्नो सीप विकास हुने होइन । कुनै किसिमको फाइदा पुग्ने होइन । केवल समयको वर्वाद मात्र हो ।

तर, यस्तो मानसिकता आफैमा गलत हो । किनभने खानपान भनेको जीवनकै एक महत्वपूर्ण हिस्सा हो । हामी खानपानकै माध्यामबाट हामी कतिपय क्षणलाई उत्सवमय बनाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा, खानपानसँग स्वास्थ्यको सोझो नाता हुन्छ । जब गृहणीले स्वस्थ्यवर्द्धक, सुपाच्य र सन्तुलित खाना तयार गर्छन्, त्यसबाट समग्र परिवारले लाभ लिन्छन् । अर्थात परिवारको स्वास्थ्य गृहणीको हातमा हुन्छ ।

त्यसैले खाना पकाउनु पनि एउटा गहन दायित्व हो । तर, यो दायित्व मात्र पनि होइन, कला पनि हो । खानामा हामी अनेकौ प्रयोग गर्न सक्छौं । पकाउने शैलीमा परिवर्तन ल्याएर खानेकुराको स्वाद फेर्न सक्छौ ।

अहिले त कुन परिकार कसरी बनाउने भनेर आइडिया लिन सकिन्छ । विभिन्न युट्युब च्यानलमा खानपानको रेसेपी दिइरहेको हुन्छ । आफैले पनि नयाँ नयाँ प्रयोग गर्न सकिन्छ । यसरी खानेकुरा तयार गरिरहँदा हामीलाई रमाइलो लाग्छ । किनभने यस्तो काम हामी उत्सुकतापूर्वक गर्छौ । आफुले पकाएको खानेकुरा कस्तो होला ? कति रुचीकर होला ? भन्ने कुरामा हाम्रो ध्यान केन्दि्रत हुन्छ ।

खानेकुरा पकाइसकेपछि परिवारलाई ख्वाउनमा पनि उत्तिकै आनन्द हुन्छ । परिवारले खानाको स्वाद लिइसकेपछि देखाउने प्रतिक्रियाले पनि हामीमा खुसी संचार गर्छ ।

हो त, नयाँ नयाँ स्वादको खानेकुरा बनाउनु, परिवारलाई चखाउनु भनेको पारिवारिक सुखको माध्याम पनि हो । अहिले कस्तो खानेकुरा बनाउनका लागि के कस्ता मरससला वा सामाग्री आवश्यक हुन्छ भनेर सजिलै खोज्न सकिन्छ । पसलमा पनि ति सामाग्री सहजै उपलब्ध हुन्छन् । त्यसैले खानेकुरा पकाउनमा रुची भएकाहरुले यसबाट भरपुर आनन्द लिन सक्छन् । आफ्नो सिर्जनात्मक क्षमताको उपयोग गर्न सक्छन् । खाना पकाउनेहरु पनि थरीथरीका हुन्छन् । कोही कुशल हुन्छन्, कोही अस्तव्यस्त ।

गृहणी-१

खाना पकाउनु यस्तो सीप हो, जसले गृहणीको क्षमता पनि दर्शाउँछ । कतिपयले भान्सामा अस्तव्यस्त ढंगले काम गर्छन् । सामाग्रीहरु छरपस्ट पार्छन् । उनीहरु एकै स्वाद र प्रकारका खानेकुरा बनाउन मात्र अभ्यस्त हुन्छन् । नयाँ केही गर्ने उत्साह वा जाँगर हुँदैन । यस्ता गृहणीले खानेकुराबाट परिवारलाई कहिल्यै सन्तुष्ट राख्न सक्दैनन् ।

उनीहरुले भान्साको कामलाई केवल आफ्नो ड्युटी ठान्छन् । कसरी खानेकुरा बनाउने भन्दापनि कतिबेला काम सिध्याउन्ने भन्ने कुरामा उनीहरु तनावग्रस्त हुन्छन् ।

गृहणी-२

कतिपय यस्ता हुन्छन्, जो अत्यान्तै छरितो ढंगले भान्साको काम सम्हाल्छन् । उनीहरु सफासुग्घर र छरितो ढंगले खानेकुरा पकाउँछन् । खानेकुरामा नयाँ नयाँ प्रयोग गर्छन् । एउटै परिकारलाई पनि फरक स्वादमा बनाउने प्रयास गर्छन् । कुन खानेकुरामा के मिश्रण गर्दा, कति मात्रामा मिश्रण गर्दा वा कसरी पकाउँदा स्वादिलो र स्वस्थ्यकर हुन्छन् भन्ने हेक्का राख्छन् । यस्ता गृहणीको हातबाट पाक्ने परिकारले परिवारको ओंठमा खुसी ल्याउँछ ।

उनीहरु खाना पकाउनुलाई पनि उत्सवकै रुपमा लिन्छन् । खाना पकाइरहँदा त्यसमै दत्तचित्त भएर लाग्छन् । कसरी कुन खाना पकाउने भन्ने कुरामा ख्याल राख्छन् । खाना तयार गरिसकेपछि उत्त खाना पस्कने, बाढ्ने र त्यसबाट प्रतिक्रिया लिने गर्छन् ।

शुद्ध मनले बनाएको खाना

खानासँग हाम्रो स्वास्थ्यको विशेष सम्बन्ध छ । हामी जस्तो खान्छौ, त्यस्तै हुन्छौं । त्यही खाना, जसलाई सही ढंगले पकाउन र खान जाने, त्यो अमृत समान हुन्छ । त्यही खान, जसलाई पकाउन नजान्दा त्यो विष समान हुन्छ ।

पौराणिक शास्त्रमा भनिएको छ, ‘खाना पकाइरहँदा मन शुद्ध हुनुपर्छ । प्रशन्न मनले, कृतज्ञ भावले पकाएको खानाले शरीरलाई राम्रो गर्छ ।’ जसरी खाना खाँदा शान्त र प्रशन्न भएर आनन्दपूर्वक खानुपर्छ, उसैगरी खाना बनाउँदा पनि क्रोध, पीडा, आवेग हुनुहुँदैन भनिन्छ । जब खाना पकाउनेको मन नै विकारयुक्त छ भने, खानामा त्यसको असर पर्छ । यस्तो खानाले शरीरलाई राम्रो गर्दैन भनिन्छ ।

भान्सामा सहकार्य

भान्साको काममा श्रीमती, आमा, बुहारी, भाउजु, दिदीबहिनीलाई मात्र खटाउनुपर्छ भन्ने छैन । सबै मिलिजुली काम गर्दा थप रमाइलो हुन्छ । कतिलाई यो व्यवहारिक रुपमा संभव नहोला । यद्यपी भान्सामा जम्माजम्मी एक/डेढ घण्टा समय दिए पुग्छ ।

घरका सबैले एउटा-एउटा काम सम्हाल्ने हो भने हरेक दिन घरभित्रै उत्सवमय हुन्छ । हामीले रमाइलो गर्नका लागि अरु वाहाना पर्खिरहनुपर्दैन ।

साथै यसरी एकअर्का आपसमा मिलेर खानेकुरा तयार गर्दा एक किसिमको प्रतिस्पर्धा पनि गर्न सकिन्छ । कसले मिठो पकाउने, कसले राम्ररी पकाउने भन्ने कुरामा पनि प्रतिस्पर्धा गर्न सकिन्छ ।

बालबालिकालाई भान्साको काममा सामेल गराउनु अझ राम्रो हुन्छ । यसले उनीहरुमा आत्मनिर्भर बन्ने मात्र होइन, खानपानसम्बन्धी विभिन्न ज्ञान हासिल गर्ने अवसर पनि मिल्छ । रमाइलो त छँदैछ ।

स्वास्थ्यको कुरा

खानेकुरा मिठो बनाउने वा नयाँ नयाँ प्रयोग गर्ने चक्करमा अस्वस्थ्यकर, चिल्लोचाप्लो, पिरो खानेकुरामा जोड दिनु भने उपयुक्त हुँदैन ।

खानेकुरा सुपाच्य हुनुपर्छ । स्वादिलो भएरपनि स्वस्थ्यकर हुनुपर्छ । भनिन्छ नि, खाना नै औषधी पनि हो । सही ढंगले पकाइएको सुपाच्य खानाले शरीरलाई निरोगी बनाउँछ । यस्ता खानाले परिवारकै स्वास्थ्य बलियो र तन्दुरुस्त बनाउँछ ।\

केही आइडिया

यदि खानेकुरा पकाउनमा रुची छ भने त्यसलाई नै पेशाको रुपमा पनि अंगाल्न सकिन्छ । यसका लागि रेष्टुरेन्ट खोलिरहनुपर्दैन । आफ्नो भान्सामा जे पाक्छ, जसरी पाक्छ त्यसको रेसेपी एवं जानकारी पस्किए हुन्छ । यसका लागि तपाईले फेसबुक पेज बनाउन सक्नुहुन्छ वा युट्युब च्यानल बनाउन सक्नुहुन्छ ।

केही जानकारी

– कुन परिकारमा के मिश्रण गर्दा स्वादिलो हुन्छ भन्ने कुरा जान्नुपर्छ ।

– धेरै तेल, मरमसला मिसाएर मिठो हुन्छ भन्ने होइन ।

– मधुरो आगोमा लामो समय लगाएर पकाएको खानेकुरा बढी स्वदिलो हुन्छ ।

– खानेकुरा पकाइरहँदा त्यसमा रहेको पोषक तत्व नष्ट नहोस् भन्ने कुरामा सर्तक रहनुपर्छ ।

– खानेकुरा पकाउने मात्र होइन, त्यसलाई सजाउने -गार्निस गर्ने), बाढ्ने -सर्भ गर्ने) कुरा पनि महत्वपूर्ण हुन्छ ।

– नयाँ एवं फरक स्वादको परिकार बनाएर परिवारमा खुसीको संचार गराउँछ ।

– हरेक छाक उस्तै खानेकुरा भन्दा फरक फरक परिकार बनाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment