Comments Add Comment

सेयर बजार बढ्ने क्रम जारी, १२ अंकले बढ्यो परिसूचक

२४ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि शुरु भएको सेयर बजार बढ्नेक्रम सोमबार पनि जारी रहृयो ।  अनलाइन कारोबार प्रणालीको औपचारिक शुभारम्भ भएकैदिनदेखि घट्न थालेको सेयर बजार सुधारोन्मुख देखिएको हो ।

सोमबार नेप्से परिसूचक १२ दशमलव ४९ अंकको सुधार भएको छ । यसअघि आइतबार सेयर बजार १० दशमलव ८५ अंकले उकालो लागेको थियो । सोमबार १२ दशमलव ४९ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ४४ को दशमलव १९ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम समेत वृद्धि भएको छ । सोमबार भएका ४ हजार ५ सय ६६ कारोबारबाट विभिन्न कम्पनीका १२ लाख ६४ हजार ३ सय ४० कित्ता सेयर बिनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ । आइतबार भने २२ करोड ३७ लाख २४ हजार ६ सय ८७ रुपैयाँको मात्रै कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा देखिएको छ । सोमबार नेपाल इन्भेष्टमेन्टको ५ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर रकम किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment