Comments Add Comment

‘क्याप्टेन’मा अनमोल र उपासनाको रोमान्स

चलचित्र ‘क्याप्टेन’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । ‘रहर छ सँगै’ बोलको गीत आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको यो गीत कर्णप्रिय छ ।

प्रेमको भाव बोक्ने यो गीतको भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । भूवन केसीको निर्माणमा तयार भएको यो चलचित्रमा दिवाकर भट्टराइको निर्देशन छ । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

फागूण १७ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । यो गीतको छायांकन, कोरियोग्राफी र लोकेशन पनि उत्कृष्ट छ । नायक अनमोल केसीका फ्यानका लागि यो गीत विशेष हुनसक्छ । यो चलचित्रमा अनमोल र उपासनाको साथमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

दिर्घराज खड्काको सम्पादन रहेको चलचित्रलाई सुदिप बरालले खिचेका हुन् । चलचित्रको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । यो चलचित्रले फुटबलको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment