+

ए डिभिजन लिगः आर्मी र मनाङको प्रतिष्ठाको लडाइँ

२०७५ मंसिर  २८ गते ६:०४ २०७५ मंसिर २८ गते ६:०४
ए डिभिजन लिगः आर्मी र मनाङको प्रतिष्ठाको लडाइँ

२८ मंसिर काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर मनाङ मर्स्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । यो खेलले पनि दुबै टिमको उपाधि होडको भविष्य निर्धारण गर्ने छ ।

विशेषगरी लिगको चौथो स्थानमा रहेको आर्मीलाई मनाङविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । हुन त अहिलेसम्म दुबै टिम अपराजित टिम हो । लिग लिडर मनाङले सात खेलबाट शतप्रतिशत जित हात पार्दै २१ अंक बनाएको छ । आर्मीले भने सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा बराबरी खेल्दै १७ अंक बनाएको छ ।

आर्मी मनाङभन्दा चार अंकले मात्रै पछि रहेको छ ।

त्यस्तै, आजै ११ बजे हुने पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आफ्नो उपाधि होडलाई कायमै राख्नका लागि पनि पुलिसलाई जित्नै पर्ने दबाब छ । पुलिसको सात खेलबाट ११ अंक रहेको छ भने फ्रेन्ड्सको समान खेलबाट पाँच अंक रहेको छ ।

शहीद स्मारक ए डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय