+

१०औं राष्ट्रिय खेलकुदको मिति चाँडैं तोक्छौं : खेलकुदमन्त्री पोखरेल

२०८३ असार  २ गते १९:०८ २०८३ असार २ गते १९:०८

२ असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको पोखरेलले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना भएको बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्दले मन्त्री पोखरेललाई रंगशालाको हालको अवस्था बारे जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमी भएकाले सरकारले यसमा ध्यान दिने बताए ।

१०औँ राष्ट्रिय खेलकुद कर्णाली रङ्गशाला खेलकुदमन्त्री सस्मित पोखरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय