Comments Add Comment

जीवन परिवर्तन गर्ने यी हुन् चार सूत्र

समयक्रमसँगै मानिसको जीवनमा विभिन्न परिवर्तनहरु आइरहन्छन् । तर, एकाएक ठूलो सकारात्मक परिवर्तन भने प्राय सम्भव हुँदैन ।

रातारात वा अचानक जीवनमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने भएकाले हामीले विस्तारै-विस्तारै अटुट मेहनत गर्नुपर्ने हुन्छ । केही नराम्रा बानीहरु र व्यवहारलाई त्यागेर हामी यो लक्ष्य हासिल गर्न सक्छौ । तर त्यसको लागि दृढ इच्छाशक्ति हुनुपर्छ ।

जीवनशैलीमा परिवर्तन गरेर उदासी टाढा गर्न र खुसी हुनको लागि केही विशेष गर्नपर्ने आवश्यकता हुन्छ । तपाई पनि आफ्नो जीवनलाई खुसीयालीपूर्ण र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने केही कुरामा ध्यान दिनुपर्छ । आउनुहोस्, जानीराखौं कुन चीजले तपाईंको जीवनमा सँधैको लागि परिवर्तन ल्याइदिन्छ ।

१. जीवनको मतलब थाहा पाउनुहोस्

आफ्नो जीवनलाई परिवर्तन गरेर खुसीयालीपूर्ण बनाउनको लागि सबैभन्दा पहिले तपाईंले आफ्नो जीवनको मतलब बुझ्नुपर्छ ।

जीवनमा तपाईं के चाहनुहुन्छ र कुन चीजले तपाईंलाई खुसी राख्न सक्छ भन्ने कुरा बुझेपछि मात्रै तपाईंले आफ्नो जीवनको मतलब सही तरिकाले बुझ्न पाउनुहुन्छ । र, त्यसै अनुसार आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ ।

२. लक्ष्य निर्धारित गर्नुहोस्

जीवनमा तपाईंलाई के पाउनु छ वा के हासिल गर्नु छ त्यो हिसाबमा आफ्नो लक्ष्य निर्धारित गर्नुहोस् । सँधै आफ्नो रुचीअनुसारको काम गर्नुहोस् यसले तपाईंलाई कहिल्यै दुखी बनाउँदैन ।

आफ्नो लक्ष्यप्राप्तिको लागि सम्पूर्ण ध्यान केन्दि्रत गरेर दत्तचित्त भई काम गर्नुहोस् । यसले तपाईंको जीवनमा एक सुखद परिवर्तन हुन्छ र तपाईंले आफ्नो लक्ष्य पनि प्राप्त गर्न सक्नुहुन्छ ।

३. नपछुताउनुहोस्

पछुतोले जीवनमा तपाईंलाई कहिल्यै पनि अगाडि बढ्न दिँदैन । आफ्नो जीवनलाई परिवर्तन गर्नको लागि तपाईंले आफ्नो गल्ती र कमी-कमजोरीलाई स्विकारेर अगाडि बढ्नुपर्छ । बितेका कुरामा पछुतो मानेर सँधै टोलाएर जीवनलाई पछाडि नधकेल्नुहोस् ।

४. सन्तुलित जीवन जिउन सिक्नुहोस्

उमेर सँगसँगै हरेक मानिसको स्वास्थ्य पनि परिवर्तन हुन्छ । स्वस्थ व्यक्तिले मात्रै कुनै पनि कामलाई सजिलै सम्पन्न गर्न सक्छ ।

त्यसैले सन्तुलित खानपान गर्नुहोस्, धुम्रपान-मद्यपान नगर्नुहोस्, दैनिक व्यायाम गर्नुहोस् यसले तपाईंको जीवनमा सकारात्मक परिवर्तन हुन्छ । यसरी जीवनलाई खुसीयालीपूर्ण बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment