Comments Add Comment

सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुले अनसन तोडे 

९ पुस, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुहरुले अनशन फिर्ता लिएका छन् । गृहमन्त्रालयमा समेबार भएको वार्तामा घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरुले अनशन तोडेका हुन् ।

गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरुको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगर्ला तत्काल उपचारका लागि पहल गर्ने, घाइते, अपांगहरुको अनशन र उपचारको क्रममा भएको खर्चको विल सरकारले ब्यहोर्ने, थुनामा रहेका युवराज विकलाई आज रिहा गर्ने सहमति भएको छ ।

त्यस्तै घाइते अपांगका तर्फबाट राखिएका अन्य माग सिफारिस गर्न गृह मन्त्रालय, घाइते अपांग योद्दा संघको पतिनिधि तथा कानूनी विज्ञ रहेको कार्यदल गठन गरी दीर्घकालीन समाधान खोज्ने सहमति पनि भएको छ । कार्यदल गठन भएपछि प्रतिवेदन तयार गर्ने अवधि तीन महिना तोकिएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव इन्दू घिमिरे र पूर्वलडाकुको तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकश विक, पार्वती पुनले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment