Comments Add Comment

आज ३ अर्बको ट्रेजरी विलको बोलकबोल हुँदै

३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ ट्रजरी विल मंगलबार जारी गर्ने भएको छ । मंगलबार जारी हुने ३ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज (सोमबार) बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि उक्त ट्रजरी बिल जारी गर्न लागेको हो ।  २०७६ वेशाख ३ गते परिपक्व हुने ट्रेजरी बिलका लागि सोमबार २ बजेसम्म बोलकवोलमा सहभागी हुनु पर्नेछ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको -बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment