
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ हेर्न मंगलबार बेलुकी काठमाण्डौको बीग मुभिजमा पुगेकी नायिका नम्रता श्रेष्ठले चलचित्रका नायक अनमोल केसीको खुबै प्रशंसा गरिन् । निर्माणपक्षले आयोजना गरेको ‘सेलिब्रिटी शो’मा पुगेकी नम्रताले भनिन्–‘हामी एक अर्काले ह्याङ आउट गर्ने नै दुइसँग हो । अनमोल कुनै पनि कुरालाई सकारात्मक रुपमा हेर्छन् ।’
अनमोलले भने नम्रताको आफूलाई सबै बानी व्यहोरा मनपर्ने बताए । उनले भने–‘उहाँको त झन् के भन्ने । मलाई उहाँको खुट्टादेखि टाउकोसम्म मनपर्छ ।’
अनमोल र नम्रताविच परिवार र साथीको कुरा पनि हुन्छ । अनमोलले भने–‘म मेरा व्यक्तिगत कुरा पनि उहाँसँग शेयर गर्छु ।’ नम्रताले अनमोलसँग काम गर्ने बिषयमा भनिन्–‘यो त मैले भन्न सक्ने कुरा भएन । तर, हामीलाई सुहाउँदो भूमिका आयो भने पक्कै गर्छौ ।’
चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्ने पक्का भएको छ । यो चलचित्रमा के तपाइलाई अफर आयो भने गर्नुहुन्छ भन्ने प्रश्नमा अनमोलले भने–‘यदि यसमा नम्रता दिदी हुनुभयो भने म पक्कै गर्छु ।’ चलचित्र ‘क्याप्टेन’ हेरेकी नम्रताले चलचित्रको पर्दामा अनमोल देखिनु नै दर्शकका लागि एउटा दृश्यको स्वाद हुने बताइन् ।
चलचित्र हेर्दा दर्शकले दिएको प्रतिक्रियाले पनि यो चलचित्र कती राम्रो छ भन्ने प्रष्ट हुने उनले सुनाइन् । उनले अनमोल स्टार भएको बताइन् । नम्रताले ‘क्याप्टेन’को बारेमा भनिन्–‘समिक्षा भन्दा पनि अनमोल एउटा स्टार हो । उसको चलचित्र आउँदाखेरी जुन खालको चर्चा र क्रेज देखिन्छ नी, त्यो नै एउटा ठूलो कुरा हो ।’
अनमोलले चलचित्रबाट दर्शकबाट पाएको प्रतिक्रियाले आफू उत्सुक भएको बताए । उनले दर्शकले दिएको मायाले आफू अत्यन्त खुशी भएको सुनाए ।
प्रतिक्रिया 4