+

स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले ५ लाख पुरस्कार दिने

२०७५ चैत  ४ गते १८:२८ २०७५ चैत ४ गते १८:२८
स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले ५ लाख पुरस्कार दिने

४ चैत, जनकपुरधाम। प्रदेश २ सरकारले हङकङमा सम्पन्न तेस्रो एशियाली युथ एथलेटिक्स प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने यसै प्रदेशको सप्तरीका अजित यादवलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

प्रदेश मन्त्री परिषद्को सोमबार बसेको बैठकले तेस्रो एशियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नम्बर २ को समेत नाम विश्वस्तरमै चिनाएकाले यादवलाई यो पुरस्कार दिने निर्णय गरेको हो ।

हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३ हजार हजार मिटर दौडमा ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी सदरमुकाम राजविराज निवासी यादवले नेपाललाई युथ एशियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन । अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय