+
+
Shares

भलिबलको सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ९ गते १९:५८

९ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला/पुरुष दुबैको सेमिफाइनल समीकरण पूरा भएको छ ।

सोमबार बाँकेको खजुरास्थित भलिबल कोर्टमा भएका समूह चरणका अन्तिम खेलको टुंगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब पुरुषतर्फको सेमिफाइनलमा आर्मीले एपीएफको सामना गर्ने भएको भने अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै, महिलातर्फको सेसिफाइनलमा एपीएफ क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ भने अर्को सेमिफाइनलमा प्रदेश तीनले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए अन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले कर्णाली प्रदशेलाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । त्यस्तै, आजै भएको पुरुषतर्फकै समूह बी को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।

त्यस्तै, महिलातर्फको समूह बी को अन्तिम खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई २५–११, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । महिलातर्फकै समूह ए को खेलमा एपीएफले पुलिसलाई २५–१८, २५–१६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?