Comments Add Comment

जुठो र बासी खानेकुरा के गर्नुहुन्छ ?

तपाईंको भान्सामा जति खानेकुरा पाक्छ, ति सबै खानुहुन्छ ? अथवा तपाईंको थालमा जति खनेकुरा पस्किएका हुन्छन्, ति सबै खानुहुन्छ ?  पकाएर राखेका वा खान बाँकी रहेका खानेकुरा सबै उपभोग गर्नुहुन्छ ?

संभव भएसम्म त हामी जति उपभोग गर्छौ, सोही अनुसार खानेकुरा तयार गर्नु उचित हो । यद्यपी हामीले कति उपभोग गर्छौ भनेर सही अनुमान गर्न सक्दैनौ । त्यही कारण आवश्यक्ता भन्दा बढी खानेकुरा पकाउँछौ । वा आवश्यक्ताभन्दा बढी खानेकुरा जगेर्ना गर्छौ । यी खानेकुरा समयमा खाइएन भने बाँकी रहन्छ । बासी हुन्छ । जुठो हुन्छ ।

पकाएर बाँकी रहेको खानेकुरा चाडै सड्ने-गल्ने हुन्छ । जब खानेकुरा सड्न-गल्न थाल्छ, त्यो खान योग्य हुँदैन । त्यसो भए यी खानेकुरा के गर्ने त ?

धेरैले यसरी सडेको वा सड्न लागेको खानेकुराको उचित व्यवस्थापन गरेको पाइँदैन । कतिले डस्बिनमा मिल्काउँछन् । कतिले कुनै कुनामा पुर्‍याएर फ्याक्छन् । कतिले धेरै दिनसम्म घर-भान्सामै छाड्नछन् । यसले गर्दा के हुन्छ ?

घर फोहोर हुन्छ । साङ्ला, झिँगा फैलन्छ । दुर्गन्ध हुन्छ ।

त्यसो भए के गर्ने त ?

घरमा बाँकी रहेको खानेकुरा उचित व्यवस्थापन गर्ने काइदा छ । यी खानेकुरा त्यतीकै सड्न वा नष्ट हुन दिनु उचित होइन । जब तपाईंको भान्सामा यस्ता खानेकुरा बाँकी रहन्छन्, सड्ने-गल्ने हुन्छ । त बति खानेकुरा सडकका कुकुरलाई दिनुहोस् । कुनै खुला स्थानमा लगेर चराचुरुङ्गीका लागि छाडिदिनुहोस् । काग, परेवा, भँगेराका लागि दिनुहोस् ।

कुहिएर खान अयोग्य भइसकेको छ भने त्यसलाई मल बनाउन सकिन्छ । मललाई करेसाबारीमा वा फूलबारीमा प्रयोग गर्न सकिन्छ ।

किन यसो गर्ने ?

हो, तपाईंको भान्सामा बाँकी रहेको खानेकुरा डस्बिनमा मिल्काउन सजिलो हुन्छ । बाटोतिर मिल्काइदिए पनि तपाईंलाई सहज हुन्छ । तर, यसले पर्यावरणमा असर गर्छ । यसै त फोहोर र दुर्गन्ध बढेको बढ्यै छ । त्यसमा तपाईंको भान्साबाट उत्पादन हुने यस्ता फोहोरले थप दुर्गन्ध फैलाउने काम गर्छ । यसको असर तपाईं हाम्रो स्वास्थ्यमा प्रत्यक्ष पर्छ । यी भए हाम्रा कुरा ।

हामीले भुल्न नहुने अर्को कुरा भनेको, हामीसँगै यो प्रकृतिमा जीवजन्तु, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा पनि बाँचेका छन् । उनीहरुको पनि आफ्नै अस्तित्व छ । यी चराचुरुङी, जीवजन्तु, किरा फट्याङ्ग्रा भएन भने पर्यावरणको चक्रमा असर पुग्छ । पर्यावरणको सन्तुलन बिग्रन्छ । मानव जीवन संकटमा पर्छ ।

त्यसकारण हामीसँग भएका वा हामीले नष्ट गर्ने, अझ हामीले फोहोर-मैला बनाउने यस्ता कुरालाई सही ढंगले सदुपयोग गर्न सके कति राम्रो हुन्छ ?

हामीसँगै बाँच्ने सडकका कुकुर, बिरालो, चराचुरुङ्गी आदिलाई हामीले बाँकी रहेका खानेकुरा दिन सक्छौ । यी पशुपंक्षीभन्दा हामी बढी चेतनशिल छौ, विवेकशिल छौ । त्यसो भए तिनीहरुको खातिर हामीले आफ्नो जीवन किन समर्पण नगर्ने ?

खासमा हामी मानव जातिले गर्नुपर्ने दायित्व पनि हो यो ।

तपाईं हाम्रो भान्सामा दिनहुँ खानेकुरा पाक्छ । चामल पाक्छ, तरकारी पाक्छ । यस क्रममा कति धूँवा, ग्याँस, राप उत्सर्जन गर्छौ । त्यसले पर्यावरणलाई असर गरिरहेको हुन्छ । हामी गाडी चढ्छौ, कारखाना चलाउँछौ । त्यसले पनि पर्यावरणमा असर गरिरहेको हुन्छ । यसको असर हामी मानव मात्र होइन, ति निर्दोष पशुपंक्षीले पनि झेलिरहेका हुन्छन् । अर्थात हाम्रो गल्तीको सजाय बिना कसुर ति पशुपंक्षीले भोग्छन् । यसर्थ ति पशुपंक्षीका लागि हामीले केही न केही त गर्नैपर्छ ।

नेपालीले बर्षेनी पाँच लाख टन खानेकुरा नष्ट

हाम्रो भान्सामा दिनहुँ धेरै खानेकुरा नष्ट हुन्छ । पकाएको सबै खानेकुरा हामी उपभोग गर्दैनौ । बाँकी राखेको खानेकुरा सड्ने-गल्ने हुन्छ । यस्ता खानेकुरा पनि हामी डस्बिनमा मिल्काउँछौ ।

त्यसैगरी हामी रेष्टुरेन्ट जान्छौ, होटल जान्छौ । आफुले खानेभन्दा दोब्बर खानेकुरा मगाउँछौ । तिमध्ये कतिपय खानेकुरा प्रयोग गर्छौ, र कति यत्तिकै जुठो बनाएर छाड्छौं ।

अर्कोतिर हामी महिनापिच्छे भोजभत्तेर आयोजना गर्छौं । चाडपर्वमा पनि हामी भोजभत्तेर गर्छौं । यस क्रममा हामी धेरै मात्रामा खानेकुरा जुठो बनाएर छाडिरहेका हुन्छौ । हामी आफुलाई चेतनशिल र विवेकशिल प्राणी त ठान्छौ, तर एउटा किसानले बर्षदिन लगाएर उत्पादन गरेको अन्नपानी क्षणभरमै नष्ट गर्न पछि पर्दैनौ । हामीलाई आफुले खाइरहेको खानेकुराको मूल्य र महत्व थाहा हुँदैन ।

नेपालमा भएको एक अध्ययन अनुसार हामीले आफ्नो थालमा राखेकामध्ये ३५ प्रतिशत खानेकुरा जुठो बनाएर नष्ट गरिरहेका हुन्छौ । आवश्यक्ताभन्दा बढी खानेकुरा राख्ने र फ्याक्ने प्रवृत्तिप्रति हामी कतिपनि चिन्तित छैनौ । एक अध्ययन अनुसार नेपालमा बर्षेनी पाँच लाख टन खाना यसैगरी नष्ट हुने गरेको छ ।

किसानको श्रम, समय र पसिनाको अपमान

हामीले यसरी खानेकुरा नष्ट गर्दा एउटा किसानले बर्षभर बगाएको पसिना, श्रम र समयको बर्वाद हुन्छ । भलै हामीले त्यसलाई खरिद गरेका हौ, यद्यपी हामीले नष्ट गर्ने खानेकुराले अन्ततः किसानको श्रम र समयलाई बर्बाद गरिरहेको हुन्छ ।

आज हामीले जुन खानेकुरा जुठो बनाएका छौ, जुन खानेकुरा नष्ट गरेका छौ, त्यसलाई उमार्न, फलाउन, गोडमेल गर्नका लागि पुरा एक बर्ष गुजि्रएको हुन्छ । अतः उक्त बर्ष फेरी कहिल्यै फर्केर आउनेछैन ।

कति भयानक असर ?

हामीले जुठो बनाएर नष्ट गर्ने खानेकुुराले पर्यावरणमा निकै भयानक असर पार्छ । यसरी कुहिएपछि उक्त खानेकुराबाट मिथेन ग्यास पैदा हुन्छ । यो ग्यास कार्वनडाइअक्साइड भन्दा २१ गुणा बढी हानिकारक हुन्छ ।

त्यती मात्र होइन, यसरी खाना नष्ट गरिरहँदा त्यसले विश्वमै खाद्य संकट निम्त्याउनेछ । तपाईंलाई थाहा छ ? विश्वमा ८ सय ४२ मिलियन मानिस खानेकुराबाट बञ्चित छन् । उनीहरु भोकमरीले मरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment