Comments Add Comment

कांग्रेस नेताको आरोप : सरकार अपराधीको नाइके, प्रधानमन्त्री हास्य कलाकार

२५ हेटौंडा, वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमको खेती गर्ने हास्यकलाकारको संज्ञा दिएका छन् ।

जनतालाई भ्रममा राखेर सरकारले हावादारी सपना बाँड्ने काम गरेको भन्दै नेता केसीले जनतालाई भ्रमको खेती र झुटको पुलिन्दाका अड्काउने काम गरिरहेको आरोप लगाए ।

नेता केसीले सरकार अपराधीको संरक्षण गर्ने नाइकेको रुपमा रहेको आरोपसमेत लगाएका छन्

काम भन्दा बढी गफमा सिमित भएको र जनताको विकास भन्दा सरकारले सपना मात्र बाँड्ने काम गरेको उनको भनाइ छ ।

पार्टीको ‘राष्ट्रिय जागरण अभियान’को बुधबार हेटौंडामा उद्घाटन गर्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारका कारण मुलुक संकटमा पर्दै गएकोले अब कांग्रेस सचेत हुनुपर्ने बेला आएको बताए । ‘अब पनि घर भित्रको झगडामा मात्र बसियो भने मुलुक संकटमा पर्छ ।’ उनले भने ।

नेता केसीले सरकार अपराधीको संरक्षण गर्ने नाइकेको रुपमा रहेको आरोपसमेत लगाएका छन् । सरकारले मुलुकका सबै प्रकारका अपराधिक घटनलाई संरक्षण गरेको भन्दै उनले सेना परिचालनको अधिकारसमेत आफ्नो नेतृत्वमा राखेर सत्ता कव्जाको तयारीमा रहेको बताए ।

नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश ३ का प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ रीता खनाल, उमा दाहाल, पार्टी सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपी बिश्वकर्माले अभियानलाई सफल बनाउँन एक भएर अघि बढ्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment