Comments Add Comment

पञ्जाबविरुद्ध स्पष्ट जितको खोजीमा मनाङ

Photo Credit : एन्फा

३१ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध भोलि (बुधबार) प्रतिस्पर्धा गर्दैछ ।

एएफसी कपको समूह इ मा रहेको मनाङले आफ्नै घरेलु मैदानमा पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने मनाङले दिउँसो तीन बजे पञ्जाबविरुद्ध खेल्दैछ ।

आज भएको प्रि-म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पञ्जाबलाई पराजित गर्दै तीन अंक बटुल्ने लक्ष्यमा रहेको बताएका छन् । यसअघिका दुई खेलमा हार र एक खेलमा बराबरी खेलको मनाङ समूह ई को पुछारमा छ । मनाङको लागि पञ्जाबविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ ।

मनाङले अवे खेलमा पञ्जाबविरुद्ध उसैको मैदानमा २-२ गोलको बराबरी खेलेको थियो । त्यस कारण पनि बलियो मनस्थिति बनाएर मनाङ मैदानमा उत्रिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment