Comments Add Comment

अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न

१ जेठ, काठमाडौं । डीएभी कलेज र माइक्रोबायोलोजि सोसाइटी अफ इन्डियाको संयुक्त प्रयासमा आयोजीत दुई दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन भव्यताका साथ आइतबार सम्पन्न भएको छ ।

भारतीय दुताबासका डिसि एम. डा. अजय कुमारले उक्त अन्तर्राष्ट्रिय सम्मेलनले कृषि, जमिन, वातावरण, स्वास्थ्य लगायत विविध विषयवस्तुसंग सम्बन्धित समस्याहरुको समाधानको लागि शक्ति प्रदान हुनेमा विश्वास गरे । ‘सुन्दर भविष्यका लागि माइक्रोवियल प्रबिधि विषयसंग सम्बन्धित रहेको उक्त सम्मेलनले दिगो विकासको लागि माइक्रोवियल प्रविधि अपरिहार्य रहेको बताए ।

कणर्ाली बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले माइक्रोवियल प्रविधि मार्फत स्वास्थ्य क्षेत्रमा विद्यमान विभिन्न समस्याहरु सुल्झिएर जाने बताए । त्यस्तै निस्ट कलेजका डाइरेक्टर डा. माधव बरालले नेपाली विद्यार्थीहरुको अध्ययन र अनुसन्धानको दायरालाई विस्तार गरेको वताए ।

डी.ए.भी. कलेजका अध्यक्ष अनिल केडियाले कम तयारीका बाबजुद यति भव्य सम्मेलन सम्पन्न हुँदा अत्यन्त गौरबान्वित भएको बताए । उक्त सम्मेलनले मानिसको दैनिकी संग सम्बन्धित विविध समस्या र तीनको बैज्ञानिक परिक्षणका साथ उचित समाधान दिएको उल्लेख गरे । उनैले सबैको साथ र सहयोगले मात्र उक्त सम्मेलन सफल भएको समेत बताए ।

त्यस्तै डा.अरविन्द देशमुखले नेपाल माइक्रोबायोलोजि अध्ययन र अनुसन्धानको लागि प्रचुर सम्भावना भएको र विद्यार्थीहरुको लगनशिलता हेर्दा नेपाल माइक्रोबायोलोजि क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको केन्द्र हुनसक्ने बताए ।

देशभरबाट ४० विद्यार्थीहरुले कलेजको प्राङ्गगणमा रिसर्च प्रोष्टर प्रस्तुत गरेका थिए । झण्डै १६ वटा मौखिक प्रस्तुतीमा सहभागिहरुले छलफल र अन्तरक्रिया गरेका थिए ।

डी.ए.भी कलेजका डाइरेक्टर शशि भुषण चर्तुवेदीले देशैभरबाट माइक्रोवायोलोजी अध्ययनरत विद्यार्थीहरुले गरेको रिसर्च पोष्टर प्रस्तुतीले सबैलाई अनुसन्धान प्रति क्रियासिल रहन हौसला प्रदान गरेको बताए ।

उक्त अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन गर्नुको मुख्य उद्देश्य सम्पूर्ण अनुसन्धानकर्ताहरु, व्यवस्थापक र नीति-निर्माणकर्ताहरुलाई एक ठाउँमा उपस्थित गराई सूचना तथा ज्ञान आदान-प्रदान गर्नु रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment