Comments Add Comment

सरकारी खर्च घट्यो, ढुकुटीमा थुप्रियो १ खर्ब ४४ अर्ब

५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारी खर्च ७.३ प्रतिशतले घटेको छ । राजस्व संकलन १९.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिले तथ्यांक अनुसार समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च ६ खर्ब ४३ अर्ब ६४ करोड थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) १९.५ प्रतिशतले वृद्धि भई रु.६ खर्ब ४ अर्ब ६० करोड पुगेको देखिन्छ ।
अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व २०.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ९० करोड रहेको थियो ।

सरकारको नगद मौज्दात चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा १ खर्ब ४४ अर्ब ९२ करोड नगद मौज्दात रहेको छ ।

यसमा स्थानीय तहको खातामा रहेको ५१ अर्ब ४७ करोड समेत छ । हाल सरकारी खातामा जम्मा खर्च नभई बसेको रकम वैशाखसम्म १ खर्ब ७७ अर्ब पुगिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment