Comments Add Comment

एक हप्ताभित्र दोस्रोपटक कामिरिता सगरमाथा शिखरमा

७ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् ।

मंगलबार बिहान ६:३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनी अघिल्लो बुधबार २३ औंपटक चुचुरोमा पुगेका थिए ।

श्रेष्ठका अनुसार मौसम अनुकूल भएकाले मंगरबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका छन् । मंगलबार मात्र १ सय २२ आरोहीले आरोहण गर्ने तालिका मिलाइएको छ ।

बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहणको लाइनमा छन् । मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment