Comments Add Comment

सरकारी जागिर खोज्दै थिइन्, युवा सांसद भइन्

१३ जेठ, काठमाडौं । लोकसभा चुनाव २०१९ को परिणाम आउनु अघिसम्म ओडिशाकी चन्द्राणी मुर्मू सामान्य युवती थिइन् ।

उनले इन्जिनियरिङ गरेर सरकारी जागिरका लागि परीक्षा दिएको पनि धेरै भएको छैन । तर चुनावी परिणामले उनको करियरको बाटो नै बदलिएको छ ।

२५ वर्ष ११ महिनाकी चन्द्राणी ओडिसाको क्योन्झर लोकसभा सिटमा जितेर संसदमा पुग्नुका साथै सबैभन्दा कम उमेरी सांसद भएकी छिन् ।

केही समय अघिसम्म उनी अरु युवाहरु जस्तै राम्रो करियरका लागि कोसिस गरिरहेकी गइन् । अचानक उनी राजनीतितर्फ मोडिइन् । भन्छिन्, ‘म राजनीतिमा अचानक आएँ । पढाई गरिरहँदा सोचेको थिइनँ कि राजनीतिमा आउँछु । यसलाई मेरो भाग्य मान्नुस् वा शौभाग्य । म आज यहाँ छु र यसका लागि आभारी छु ।’

क्योन्झर महिला आरक्षित सिट हो । यहाँ चुनाव लड्न सनलाई मामामार्फत प्रस्ताव आएको थियो । उनले मेकानिकल इन्जिनियरिङमा बीटेक गरेकी छन् र सरकारी जागिरको खोजीमा थिइन् । बेलाबेला परीक्षा पनि दिएकी थिइन् । लोकसभा चुनावमा बीजू जनता दलबाट उम्मेदवार बनेकी उनले चुनाव जितिन् ।

उनले यसको श्रेय मुख्यमन्त्री नवीन पटनायकलाई दिएकी छन् ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment