Comments Add Comment

सिद्धार्थ बैंकको शाखा चापागाउँ र रामकोटमा

१७ जेठ, काठमाडौं । सिद्धार्थ बैंकले ललितपुरको चापागाउँ र काठमाडांैको रामकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

बैंकले देसभरि १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६८ एटिएम  र १,३०० भन्दा बढी पियोएस मेसिन मार्फत् बंैैकिङ्ग कारोकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment