Comments Add Comment

विप्लव समूहका पोलिटव्यूरो सदस्य पदम राई नेकपा प्रवेश गर्दै

१९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । राईसहितका नेता कार्यकर्तालाई आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउन लागेका हुन् ।

राईलाई आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष अध्यक्ष ओली र प्रचण्डले पार्टी प्रवेश गराउने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

को हुन् पदम राई ?

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए ।

गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भए ।

राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए ।

उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए ।  त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment