Comments Add Comment

‘वाई वाई ग्लोकल टिन हिरो’ २०१९ हुँदै

१९ जेठ, काठमाडौं । ‘वाई वाई ग्लोकल टिन हिरो’ पाँचौ सस्करणमा पुगेको छ । एक्टिभेसन र अन्तरक्रिया कार्यक्रम लिएर ग्लोकल टिन हिरो नेपालका बिभिन्न प्रान्त तथा सहरमा छिटै पुग्ने भएको छ ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकलको एक कार्यक्रम हो । यस मञ्चमार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

नवलपरासीकी १७ बर्षिया बाल अधिकार अभियन्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने र दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी सोही कार्यक्रममा प्रथम भई २०१५, २०१६ र २०१८मा पुरस्कृत भएका थिए । त्यसै गरी रूकुमकी १७ बर्षीय सामाजिक कार्यकर्ता प्रशंशा के सी २०१८ को वाई वाई ग्लोकल टीन हीरो बिजेता हुन् ।

देशका बिभिन्न भेगमा नबिनतम सिप र प्रभावका किशोर किशोरी माझमा ग्लोकल टिन हिरोको अवसरको जानकारी पुर्याउने गरी यो वर्ष पनि ग्लोकलले नेपालको पुर्वी भेग वाट एक्टिभेशन सुरु भएको छ । हाल जानकारी पुर्याउने उद्देश्यले पूर्वको प्रान्त १का १६ स्कुलमा ३ हजारभन्दा वढि किशोर किशोरी माझ ग्लोकल पुगेको छ ।

स्कुल एक्टिभेसन बाहेक ग्लोकलले बिभिन्न युवा क्लबहरुसँग अन्तक्रिया गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment