Comments Add Comment

कांग्रेसलाई विष्णु पौडेलको चुनौती : हिम्मत भए वृद्धभत्ता बढाउनु बेठीक हो भन

२० जेठ, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता बृद्धि बेठीक हो भने औपचारिक रुपमा बोल्न विपक्षी नेपाली कांग्रेसलाई चुनौती दिएका छन् ।

उनले सामाजिक सुरक्षा भत्ता बृद्धिलगायत लोककल्याणकारी व्यवस्थाको आलोचना भइरहेकोमा असन्तुष्टि जनाएका हुन् ।

बजेटमाथिको छलफलमा भाग लिने क्रममा सोमवार प्रतिनिधिसभामा बोल्दै पूर्व महासचिव पौडेलले भने ‘सामाजिक सुरक्षा भत्ता बृद्धिका सन्दर्भमा जुन कोणबाट आलोचना भइरहेका छन्, हिम्मत छ भने बेठीक हो भनेर औपचारिक ढंगले भन्ने आँट गर्नुपर्छ । नत्र लोक कल्याणका लागि राज्यले गरेको सकारात्मक जिम्मेवारी बहनको आलोचना नगरौं ।’

पूर्वअर्थमन्त्री पौडेलले राज्य लोककल्याणकारी दायित्वबाट बिमुख हुन नसक्ने भन्दै बृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ता वृद्धिको समर्थन गरे । पौडेले आगामी आर्थिक वर्षलाई तीब्र आथिृक विकासको वर्ष हुने गरि बजेट आएको भन्दै यसले दुई अंकको आर्थिक बृद्धिको लक्ष्य समेट्न सक्ने बताए ।

पौडेलले बजेटको लक्ष्य पूरा हुँदा ५ लाख भन्दा बढी रोजगारी सिर्जना हुन सक्ने भन्दै ठूला पुर्वाधार विकासमा तीब्रता आउने लक्षण देखिएको बताए । उनले बजेट कार्यन्वयनको चुनौति समाधानका लागि सिंगो राष्ट्र एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले सार्वजनिक खरिद ऐनमा संशोधन, सम्बन्धित आयोजना प्रमुख कर्मचारीलाई उत्तरदायी बनाउनेलगायतका उपायसमेत सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment