Comments Add Comment

ज्योतिष विज्ञानः एकसाथ जन्मिएका व्यक्तिहरु किन उस्तै हुँदैनन् ?

गर्भाधान र जन्मको प्रभाव बच्चामा कसरी पर्छ ?

ज्योतिषीलाई अक्सर एउटा प्रश्न सोधिने गर्छ, ‘जब एकै समयमा विश्वमा कति बच्चाले जन्म लिन्छ, तर उनीहरुको जन्मकुण्डली एक जस्तो हुनुपर्नेमा किन भिन्न भिन्नै हुन्छ ?’

ज्योतिष विज्ञानमा विश्वास नगर्नेका लागि त यो प्रश्न ब्रम्हास्त्र जस्तै हो । यही प्रश्नमाथि तर्क गरेर उनीहरुले ज्योतिष विज्ञानलाई आडम्बर वा ढोंग सावित गर्न खोज्छन् । हुनपनि यो प्रश्न जो कोही ज्योतिषीले झेल्न सक्दैनन् । किनभने अहिले धेरैजसो ज्योतिषी कर्मकाण्डी छन् । यिनै कर्मकाण्डी ज्योतिषीको कारण समग्र ज्योतिष विज्ञानमाथिको विश्वासमा बेलाबखत संकट आउने गर्छ । जबकी यो सत्य र तथ्यमा आधारित छ । यसमा हरेक वैज्ञानिक सर्त लागु हुन्छ ।

अब लागौं उक्त प्रश्नतर्फ । पृथ्वीभरमा करिब ७ अर्ब जनसंख्या छ । मान्छे जन्मने र मर्ने क्रम संभवत हरेक क्षण भइरहेकै हुन्छ । यस्तो अवस्थामा एकसाथ एकै समयमा विश्वभर कति बच्चाले जन्म लिएका हुन्छन् । तर, के उनीहरुको जन्मकुण्डली एकै हुन्छ त ?

यस सम्बन्धमा एक ज्योतिषीले यस किसिमको जवाफ दिएका छन्, ‘यस प्रश्नलाई लिएर मैले धेरै अनुसन्धान गरें । कति वैज्ञानिकले ब्रम्हाण्डको विषयमा गरेको अनुसन्धानको निष्कर्ष खोजें । केही सनातन ग्रन्थ खोजें । साथै केही वर्षदेखिको मेरो ज्योतिषीय अनुभव यसमा समावेश गरेर उक्त प्रश्नको निष्कर्षमा पुगें ।

कुनैपनि व्यक्तिको जीवन निर्धारणमा केवल उसको जन्म-समय मात्र होइन, बरु गर्भाधान समय र प्रारब्ध (पूर्व संचित कर्म)को भूमिका पनि महत्वपूर्ण छ ।

यसप्रकार ज्योतिष तीन आयममा आधारित छ । यो तीन आयम हो, प्रारब्ध, गर्भाधान समय र जन्म समय । यसलाई तीन महत्वपूर्ण आयममा अर्थात जन्म-समय, गर्भाधान-समय र प्रारब्धको अखण्ड प्रभावले मान्छेको सम्पूर्ण जीवन सञ्चालित हुन्छ । कुनै व्यक्तिको जन्म-प्रमाणपत्रको निर्माणमा जुन सर्वाधिक महत्वपूर्ण तत्व हो, त्यो हो समय । जन्म-समयलाई लिएर पनि ज्योतिषाचार्यमा मतभेद छ । केही विद्वान शिशु रोएको अवस्थालाई जन्मको सही समय मान्छन्, कतिले भने नाल-विच्छेदनलाई सही मान्छन् ।

खैर, यहाँ हाम्रो मुद्दा जन्म समय होइन । कुनैपनि व्यक्तिको जन्म-प्रमाणपत्रका लागि उसको जन्मको सही ज्ञात हुन अति आवश्यक छ । अब जन्म-समय त ज्ञात हुन्छ, तर गर्भाधानको समय ज्ञात हुन सक्दैन । यसैले हाम्रो शास्त्रमा ‘गर्भाधान संस्कार’ द्वारा धेरै सीमासम्म त्यस समयको ज्ञात गर्ने व्यवस्था गरिएको छ ।

अहिले वैज्ञानिक अनुसन्धानबाटै प्रष्ट भइसकेको छ कि आमाबुवाको पूर्ण प्रभाव बच्चामा पर्छ । खासगरी आमामा । किनभने बच्चाले आमाको पेटमा ९ महिनासम्म आश्रय लिन्छन् । अहिले सोनोग्राफी र डीएनए जस्तो प्रविधिबाट यस कुराको प्रमाणित हुन्छ । अतः जुन समय एक दम्पतीले गर्भाधान गरिरहेका हुन्छन्, त्यस समय ब्रम्हान्डमा नक्षत्रको व्यवस्था र ग्रह स्थितीले हुनेवाला बच्चामा पूर्ण प्रभाव पार्छ । यस महत्वपूर्ण तथ्यलाई ध्यानमा राखेर हाम्रो शास्त्रमा गर्भाधानको मुहूर्तको व्यवस्था छ ।

गर्भाधानको दिन, समय, तिथि, वार, नक्षत्र, चन्द्र-स्थिती, दम्पतीको कुण्डलीको ग्रह-गोचर आदि सबै कुराको गहन परीक्षबाट गर्भाधानको मुहूर्त निकालिन्छ । अब यदि कुनै जन्मने वाला व्यक्तिको जन्म यस समान त्रि-आयामी व्यवस्थामा हुन्छ (जो असंभव छ), तब ति सबैको जीवन दुरुस्त एकै हुन्छ । यसमा कनिपति सन्देह छैन ।

ध्यान दिनुपर्ने कुरा के भने हामी यस तीन आयाममा केवल एक आयाम अर्थात जन्म-समय ज्ञात हुन्छ, तर तेस्रो आयाम अर्थात प्रारब्ध न हामीलाई ज्ञात हुन्छ न त सामान्यतः  त्यसलाई थाहा पाउन नै सकिन्छ । यसैले यस विश्वमा एकै समयमा जन्म लिने व्यक्तिहरुको जीवन पनि आपसमा भिन्न भिन्नै हुन्छ ।

ज्योतिष मान्छेको भविष्यको ज्ञात हुने पद्धतीको नाम हो । यो पद्धती भिन्न हुनसक्छ । एवं यो देश, काल र परिस्थिती अनुसार समय-समयमा अपडेट गर्नुपर्ने आवश्यक पनि हुन्छ । एक सिद्धयोगीले पनि कुनै व्यक्तिको विषयमा त्यती सटिक भविष्यवाणी गर्न सक्छ, जति कि एक जन्मकुण्डली हेर्ने ज्योतिषी वा हस्तरेखा विशेषज्ञले गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment