
Photo Credit : फाइल फोटो
२७ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सोलुखुम्बुका साङ्गेल शेर्पा रहेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् ।
‘अनुसन्धान गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने ।
काठमाडौं प्रहरीको नयाँ प्रमुखको रूपमा जिम्मेवारी पाएपछि एसएसपी सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका थिए । उनले अवैध नियन्त्रण पनि प्राथमिकतामा रहेको जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4