+

ड्यानी अल्भेसले पीएसजी छाड्ने

२०७६ असार  ८ गते १७:३७ २०७६ असार ८ गते १७:३७
ड्यानी अल्भेसले पीएसजी छाड्ने

८ असार, काठमाडौं । ब्राजिलका डिफेण्डर ड्यानी अल्भेसले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् ।

पीएसजीमा दुई सिजन विताएका ३६ वर्षीय अल्भेसले ७३ खेल अ‍ेले र ८ गोल गरे ।

कोपा अमेरिकामा पेरुविरुद्ध ब्राजिललाई ५–० को जित दिलाएपछि अल्भेसले भनेका छन्, ‘मैले आज जीवनको अर्को चरण पूरा गरेँ । जीत, सिकाई र अनुभवको चक्र ।’

उनले अबसर दिएको क्लबलाई धन्यवाद दिनुका साथै कुनै गल्ती भएको भए क्षमा गर्नसमेत आग्रह गरेका छन् । क्लबसँग उनको सम्झौता २० जुनसम्म छ तर, नयाँ सम्झौताको प्रस्ताव अस्वीकार गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय