Comments Add Comment

मेयर कप फुटवलको तयारी पूरा

११ असार, बुटवल । तिलोत्तमा नगरपालिकामा प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।

असार १३ गतेबाट हुने प्रतियोगिताको तैयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताए । युवा खेलाडी उत्पादनको आधार प्रतियोगिता भएको भन्दै स्थानिय सरकारको सहकार्यमा कार्यक्रम गर्न लागेको उनले बताए ।

तिलोत्तमा नगरपालिका ३ का वडासदस्य तेज बहादुर गुरुङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन् । ग्रास रुट लेबलको खेलाडी उत्पादन र फुटबलको विकास गर्ने लक्ष्यसहित नगरमै एकेडेमी स्थापना गर्ने उनले बताए ।

तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिने उनले बताए ।

यसैगरी विधागत रुपमा उत्कृष्ट एक एक जना डिफेन्डर, स्टाइकर, गोलकिपर, कोचलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने छ । असार १३ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा १२ लाख ७३ हजार ६ सय ६६ रुपैयाँ खर्च हुने महासचिव युवराज पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment