Comments Add Comment

प्रभु बैंकले ५ देशमा प्रतिनिधि कार्यालय खोल्ने

१३ असार, काठमाडौं । प्रभु बैंकले अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नो सेवा प्रारम्भ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment