Comments Add Comment

विश्वकप क्रिकेट : भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

१८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको अन्तिम चारमा पुग्न सफल भएको हो । बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ ।

३१५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४८ ओभरमा सबै विकेटको क्षतिमा २८६ रन मात्रै बनाएपछि भारतले खेल जितेको हो ।

बंगलादेशका लागि शकिब अल हसनले ६६ रन बनाउँदा मोहम्मद सइफुदिनले अविजित ५१ रन बनाए । त्यस्तै सबिर रहमानले ३६ र सौम्या सरकारले ३३ रन बनाए ।

बलिङतर्फ भारतका जस्पि्रत बुमराहले चार विकेट लिदा हार्दिक पाण्ड्याले तीन विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको थियो । बंगलादेशविरुद्ध ठूलो लक्ष्य बनाउने क्रममा भारतका रोहित शर्माले शतक बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १०४ रन बनाए ।

त्यस्तै, केएल राहुलले ७७ रन बनाए । पहिलो विकेटका लागि रोहित र राहुलले १८० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए । त्यस्तै, रिषभ पन्तले ४८ रन बनाउँदा महेन्द्रसिंह धोनीले ३५ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले पाँच विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment