Comments Add Comment

छापामा आज : भारतीय विदेशमन्त्री भेट्ने नेपाली राजदूतको एक महिनादेखिको प्रयास विफल

२० असार, काठमाडौं । चीन, भारतलगायत देशका राजदूतसँग नेपालका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सहज उपलब्ध भइदिन्छन् । यसलाई लिएर कूटनीतिक मर्यादाबारे बेलाबेला बहस पनि हुने गरेको छ ।

तर, छिमेकी भारतको कुरा बेग्लै छ । त्यहाँका प्रधानमन्त्री त परको कुरा, मन्त्रीलाई भेट्न पनि अन्य देशका राजदूतले कडा मेहनत गर्नुपर्छ ।

कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी दैनिक दी काठमाण्डुपोस्टले यस्तै विषय उठाएकाे छ । समाचार अनुसार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरलगायतका मन्त्रीसँग शिष्टाचार भेटवार्ताका लागि निरन्तर प्रयास गरे पनि कुनै प्रतिक्रिया पाएका छैनन् ।

गत मे ३० मा नरेन्द्र मोदीले दोस्रो कार्यकालको सपथ लिँदै नेपाल मामलामा कठोर मानिने एस जयशंकरलाई विदेशमन्त्री नियुक्त गरेका थिए । उनी नियुक्त भएसँगै भारतमा रहेको नेपाली दूतावासले जयशंकरसँग भेट गर्न पत्राचार गरेको थियो । पत्राचार पछि पनि कैयौंपटक भेटका लागि दूतावासले आग्रह गरेको छ । यद्यपि, भारतीय विदेश मन्त्रालयले नेपाली पक्षको भगिरथ प्रयत्नबारे कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख छ ।

यति मात्रै होइन, गृह, ऊर्जा, उद्योगलगायतका मन्त्रीसँग शिष्टाचार भेटका लागि नेपाली दूतावासले गरेकाे  प्रयासले पनि सार्थकता पाउन सकेकाे छैन ।  यी सबै मन्त्रीसँगको भेट अपरिहार्य भए पनि समय नपाएको नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले काठमाडौं पोस्टसँग बताएका छन् ।

निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका विलासी गाडी आयातमा कडाइ गर्न लागेकोलाई आज अन्नपूर्णले मुख्य समाचार बनाएर छापेको छ । प्रतीतपत्र खोलेर अल्पकालीन व्यापारिक ऋणमाफृत गरिने आयात अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गर्न लागेको हो ।

व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत यस्तो रणनीति अपनाउन लागेको समाचारमा उल्लेख छ ।

प्रदेशका मुख्यमन्त्रीहरु कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमण गर्न थालेकोलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ उठाएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का डोरमणि पौडेललगायतको दृष्टान्त दिँदै अन्नपूर्णले मुख्यमन्त्री आफूखुसी विदेश भ्रमणमा निस्केको भन्दै कूटनीतिक मर्यादा स्मरण गराएको छ ।

नयाँ पत्रिकाले आज खानेपानी समस्याको विषय उठान गरेको छ भने नागरिकले काठमाडौं तराई फास्ट ट्रयाकको लागत ६३ अर्ब बढाउने तयारी भइरहेको दाबी गरेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment