Comments Add Comment

केकीको खुशी

नायिका केकी अधिकारी अहिले खुशी छिन् । ‘कोहलपुर एक्सप्रेस’ले दिएको तनाव विर्सिएर अगाडि बढेका कारण पनि उनी खुशी छिन् । उनी अहिले चलचित्र क्षेत्रको सबैभन्दा चलेको टिमसँग सहकार्य गर्न पाउँदा पनि खुशी छिन् । साथमा, केकी निर्मात्री बनेर ‘कमेडी च्याम्पियन’ नामक रियालिटी शो आयोजना गर्दैछिन् ।

तर, केकीको मनमा चोरीको आरोप कसरी मेटाउने भन्ने छ । उनले नै लगानी गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई लागेको चोरीको दाग उनी मेटाउन चाहन्छिन् । यसका लागि उनी यो रियालिटी शो सफल हुनेमा विश्वस्त छिन् ।

नायिका अधिकारीलाई फेसनको मामलामा भने त्यती सफल मानिदैन । केकीको पहिरनमा विविधता हुदैन भनिन्छ । केकी अधिकारीले लगाउने पहिरनले दर्शकको ध्यान तान्न भने सकेको छैन । नेपाली चलचित्रमा चलचित्र नचलेपनि चल्ने केही नायिकामा केकी पनि पर्छिन् । यसअर्थमा उनी भाग्यमानी नायिका हुन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment