+
+

पोर्चुगिज नागरिक ४ किलो आइस ड्रग्ससहित त्रिभुवन विमानस्थलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १७:३६

३ साउन, काठमाडौं । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले लागूऔषध आइस डग्ससहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोर्चुगिज नागरिक राहदानी नं. ७२०१२९२ बाहक मेन्डिज पेरिरा छन् ।

विमानस्थल प्रहरीका एक अधिकृतका अनुसार उनको साथबाट ४ किलो ३ सय ८० ग्राम आइस एम्फिटामिन बरामद भएको छ ।

विभिन्न बट्टामा फल्स बटम बनाएर ल्याउने क्रममा लागूऔषध समाएकिो प्रहरीले जनाएको छ ।

एक्सरे जाँचका क्रममा लागूऔषध बरामद भएपछि अहिले लागूऔषध ब्युरोले विस्तृत अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?