Comments Add Comment

प्रियंकाले चुरोट तान्दा ट्रोल नै ट्रोल

नायिका प्रियंका चोपडा आफ्नो जन्मदिन मनाउन मियामी विचमा पुगेकी थिइन् । आफ्ना श्रीमान् निक जोनससँग उनी मियामी विचमा पुगिन् । आमा मधु चोपडा पनि उनको साथमा नै थिइन् । तर, प्रियंकाका लागि आफ्नो जन्मदिनको पार्टी खल्लो बनेको छ । उनले चुरोट तान्दै गरेको तस्वीर सार्वजनिक भएसँगै सामाजिक संजालमा उनको ट्रोल बनिरहेको छ ।

नायिका चोपडाले गतबर्ष आफू दमको रोगी भएको खुलाएकी थिइन् । उनकी आमा मधु र श्रीमान् निकले पनि बिडी तानिरहेका छन् । गतबर्ष तिहारको समयमा नायिका चोपडाले आफू ५ बर्षको उमेरदेखि नै दमको रोगी भएको भन्दै तिहारमा पटका पड्काउन र आतिसवाजी नगर्न आग्रह गरेकी थिइन् । सो समयमा नायिका चोपडाको प्रशंसा भएको थियो ।

उनले धु्रमपान भयानक भएको भन्दै ट्विट समेत गरेकी थिइन् । तर, उनले यो बर्ष आफ्नो जन्मदिन मनाउने क्रममा चुरोट तान्दै गरेको तस्वीर सार्वजनिक भएपछि उनको ट्रोल खुबै भैरहेको छ । धेरैले प्रियंकाले आफूलाई दम छ भनेर झुट बोलेको समेत उल्लेख गरेका छन् ।

कतिपयले यो कस्तो दम रोग हो, जुन तिहारको समयमा मात्र हुन्छ भनेर उनको मजाक बनाएका छन् । केही ट्विटर प्रयोगकर्ताले बलिउडमा स्वरा भाष्करदेखि सोनम कपुर हुँदै प्रियंका चोपडासम्म सबै झुटो कुरामा रमाउने गरेको भन्दै बलिउडमा झुटको खेत कहिले नसिकिने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment