+

वैवाहिक जीवन कस्तो बनाउने ?

२०७६ साउन  ७ गते १०:३१ २०७६ साउन ७ गते १०:३१
वैवाहिक जीवन कस्तो बनाउने ?

विवाहको अर्थ दुई व्यक्ति एक हुनु मात्र नभएर उनीहरुको विश्वास, एक-अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो ।

वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ । वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ?

हाम्रो वरपर भएका कतिपय दम्पतिहरुलाई हामी एकदम खुशी र सुखी देख्छौ । उनीहरुको खुशी देखेर लोभ लाग्न थाल्छ । विवाह भएको धेरै समय बित्दा पनि उनीहरुमा सधै नयाँ बेहुला-बेहुली जस्तै प्रेम हुन्छ ।

त्यस्तै कतिपय दम्पतिबीच मनमुटावका कारण आफ्नो वैवाहिक जीवनप्रति दुःखी भएको पनि पाउँछौ । विवाह भएको समयदेखि नै दुःखी रहने, ­­हरेक समय झगडा हुने पनि देख्छौ । यस्तो के कारणले हुन्छ भन्ने बारेमा धेरै सर्वेक्षणले यस्ता तथ्यहरु फेला पारेका छन्,  जसमा सुखी दम्पती र दुःखी दम्पतीका विश्लेषणहरु उल्लेख छन् ।

सुखी जीवन बाँच्ने दम्पतीले विवाहलाई आनन्दको रुपमा स्वीकार गर्छन् । यस्ता आनन्द कुराहरुको माध्यमबाट पनि उठाउन सकिन्छ भने कुनै काम संग-संगै गरेर पनि आनन्द उठाउन सकिन्छ ।

त्यस्तै दुःखी दम्पतीले यसलाई एउटा सम्बन्धको रुपमा मात्र हेर्छन् । श्रीमान्-श्रीमतीले एक-आपसमा कुराकानी गर्नुको अर्थ उनीहरुका लागि समय खेर फाल्नु हुन्छ । यदि कुनै काम संगै गर्दाको उदेश्य पनि काम कति बेला सकिन्छ भन्ने हुन्छ । उनीहरु कर्ममा आनन्दको अनुभव नै गर्दैनन् ।

आफ्ना श्रीमान् अथवा श्रीमतीलाई आनन्दको स्रोतको रुपमा हेर्नुपर्छ । दाम्पत्य जीवनमा प्रेम र रमाइलो जागृत भए पछि वृद्धावस्थासम्म पनि यहि क्रम जारी रहन्छ । तपाई आफ्नो  श्रीमान्-श्रीमतीप्रति सधैं आकर्षणको स्रोत बनिरहन सक्नु हुन्छ । यसको ठिक विपरित दुःखी दम्पतीहरु वैवाहिक जीवनको शुरुआतदेखि नै विवाहलाई बोझको रुपमा लिन्छन् र सधै आफु बोझ लिएर बाँचेको अनुभव गर्छन् ।

सुखी दम्पतीले जीवनमा अन्य कुराहरु जस्तै आर्थिक, सामाजिक, धार्मिक, नाता-सम्बन्धहरुलाई दोस्रो स्थानमा राख्छन् भने दुःखी दम्पतीहरुले यस्ता कुरालाई अति महत्वका साथ अग्र स्थानमा राख्ने गर्छन् । जुन श्रीमान्-श्रीमती समाजसेवा र साथीभाईसँग रमाउँछन् र बढि समय बिताउँछन्, उनीहरुकोे दाम्पत्य जीवन निरश हुन्छ । त्यसैले आफ्नो जीवनसाथीलाई आफ्नो पि्रय मित्र बनाउनुहोस् र जीवन भर खुसी र सुखी रहनुहोस् ।

सुखी दम्पतीले यौन सम्बन्धलाई अति नै महत्व दिन्छन् भने दुःखी दम्पतीले त्यसलाई शारीरिक मिलन मात्र ठान्छन् । सुखी दम्पती यौन सम्बन्धबाट चरम सुख प्राप्ति गर्छन् भने दुःखी दम्पतीले यसलाई केवल एउटा जैविक प्रक्रियाको रुपमा लिन्छन् र यसबाट भाग्ने प्रयास गर्छन् । सुखी दम्पती आफ्नो नीजि सम्बन्धका लागि सधै एकान्त क्षणको खोजीमा हुन्छन् भने दुःखी दम्पती यस्ता क्षणहरुबाट टाढा हुन खोज्छन् ।

तर्क-वितर्क त सुखी र दुःखी दुवै दम्पतीमा हुने गर्छ, तर सुखी दम्पतीले तर्कको हल तर्कबाट नै निकाल्छ भने दुःखी दम्पतीले तर्कमा कुतर्क ल्याएर झगडाको स्थिती उत्पन्न गर्छन् ।

झगडा गर्नुहोस् तर मायाले

सुखी जीवनका लागि तर्क पनि आवश्यक छ, त्यसैले तर्क गर्नुहोस तर संयम पनि राख्नुहोस् । के को लागि तर्क भएको भन्दा पनि तर्क कसरी भयो भन्ने कुरा महत्वपुर्ण हुन्छ ।

सुखी जीवनको लागि ठुलो स्वरले बोल्नु हुँदैन । विस्तारै मायाले र मीठोसँग बोल्नु पर्छ । कहिलेकाहिं आफुले बोलेको बोलीले आफैलाई पोल्न पनि सक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

दुबै पक्षको नाता सम्बन्धलाई सम्मान दिनुपर्छ । श्रीमान्-श्रीमतीले एक-अर्काको साथीको बारेमा आफ्नो राय एक-अर्कामा थोप्ने कार्य गर्नु हुँदैन । यसलाई नितान्त निजी मामला सम्झेर चुप लाग्नु बुद्धिमानी हुन्छ । दुःखी दम्पती आधा भन्दा बढि समय एक-अर्काको साथीको बारेमा आफ्नो राय दिएर झगडा गर्न थाल्छन् ।

सुखी दम्पती बारम्बार आफ्नो प्रेम दर्शाइ रहन्छन् । मायाले भरिएको बोलि बोल्छन् । एक-अर्काको इच्छा, चाहाना आदिलाई ध्यान दिन्छन् । त्यस्तै एक-अर्काको जन्मदिन, वैवाहिक वाषिर्कोत्सवको अवसरलाई उत्साहपूर्वक मनाउने र गिफ्टहरु दिने गर्छन् । यसो गर्दा दाम्पत्य जीवनमा प्रेम अझ बढि प्रगाढ हुँदै जान्छ ।

दुःखी दम्पतीका लागि यी सबै कुराहरुको कुनै महत्व हुँदैन  । उनीहरु यी सबै कुरा देखावटी हो भन्ने सोच्दछन् ।  श्रीमान्-श्रीमतीले एक-अर्कालाई बारम्बार म तिमीलाई माया गर्छु भन्नाले पनि प्रेम बढ्छ । त्यस्तै कहिलेकाहिं उपहार दिने र नयाँ खानेकुरा ल्याएर सँगै खानाले पनि भिन्दै आनन्दको अुनभव हुन्छ । त्यसैले सुखी दम्पती सदैव एक-अर्काप्रति सजग र समर्पित हुन्छन् ।

एकअर्काको भावनालाई सम्मान गर्नुपर्छ

सुखी दम्पती एक-अर्काको भावनालाई सम्मान दिने गर्छन् । एक-अर्काको रुचि र आवश्यकतालाई बुझ्ने गर्छन् । सुखी दम्पतीमा एक-अर्काको आम्दानी, एक-अर्काको कार्य र प्रतिष्ठामा खुशी हुन्छन् । कुनै दम्पतीमा श्रीमती धेरै पढेको र श्रीमान्ले कम पढेका छन् भने श्रीमतीले श्रीमान्लाई तपाई विद्वान हुनुहुन्छ भनिन् भने श्रीमानको खुशीको सिमाना रहँदैन । उनी  वास्तविक जीवनमा पनि विद्वान नै बन्ने कोसिस गर्छन् ।

त्यस्तै श्रीमान्ले पनि आफ्नो रिसाहा स्वाभावकी श्रीमतीलाई तिमी धेरै शान्त स्वभावकी छौ भनेर प्रशंसा गर्दा श्रीमती शान्त हुने प्रयास गर्छिन् । यसरी श्रीमान्-श्रीमतीमा भएको अवगुणलाई गुणमा परिर्वतन गर्न सकिन्छ । तर यी सबै कुरा हदभन्दा बढि पनि हानिकारक हुन सक्छ । एक-अर्काको आम्दानीप्रति सदैन सन्तुष्ट हुनु पर्छ । यहि नै सुखी हुनुको रहस्य हो ।

सुखी दम्पतीको आफ्ना बालबालिकाको भविष्यप्रति पनि उस्तै विचारधार हुन्छ । दुबै मिलेर आफ्नो सन्तानको लागि सहि बाटो रोज्छन् । जसले बच्चाको भविष्य उज्जवल बनाउँछ । त्यस्तै दुःखी दम्पती आफ्नो बच्चाको भविष्यप्रति भिन्न विचारधारा राख्छन् । जसले उनीहरुबीच मनमुटाव त बढ्छ नै साथमा बच्चाको भविष्य पनि बिग्रन्छ । सुखी दम्पतीले एक-अर्कासंग कुनै कुरा पनि लुकाउँदैनन् । एक-अर्कालाई आफ्नो सबैभन्दा बढि हितैषी मान्छन् ।

सुखी दम्पती एक-अर्काप्रति अटुट विश्वास र निष्ठा राख्छन् भने दुःखी दम्पती एक-अर्कासँग धेरै कुराहरु लुकाउने गर्छन्  । एक-अर्कामा शंका गर्ने, यिनिहरुमा निष्ठाको पनि अभाव हुन्छ ।

यहाँ उल्लेख गरिएका कुराहरुलाई यदि तपाईंले आफ्नो वैवाहिक जीवनमा अपनाउनु भयो अथवा लागू गर्नु भयो भने तपाईंले चाहे जस्तो वैवाहिक जीवन पाउनु हुनेछ ।

वैवाहिक जीवन सम्बन्ध
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आँखाले टाढाको दृश्य देख्‍न नसक्ने मायोपिया कसरी हुन्छ ?

आँखाले टाढाको दृश्य देख्‍न नसक्ने मायोपिया कसरी हुन्छ ?

प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

प्रयोग भइरहने ४ कुरा, जुन बच्चाका लागि हानिकारक हुनसक्छ

कम्प्युटरमा काम गर्दा आँखा सुक्खा भइरहन्छ, के गर्ने ?

कम्प्युटरमा काम गर्दा आँखा सुक्खा भइरहन्छ, के गर्ने ?

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

माउथ फ्रेसनरले मुखको गन्ध हटाउँछ ?

माउथ फ्रेसनरले मुखको गन्ध हटाउँछ ?

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ