+
+
Shares

पहिरोमा मृत्यु हुनेहरुप्रति कांग्रेसद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १६:४४

७ साउन, काठमाडौं । गुल्मीको सत्यवति गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरोमा परी भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

सोमबार राति पहिरो जाँदा एकै घरका ८ जनासहित १० जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेका हुन् ।

साथै कांग्रेसले घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?