+
फिफा विश्वकप २०२६ :

बोस्निया एन्ड हर्जगोभिना पहिलो पटक नकआउट चरणमा प्रवेश

२०८३ असार  ११ गते ६:१८ २०८३ असार ११ गते ६:१८

समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

११ असार, काठमाडौं । बोस्निया एन्ड हर्जगोभिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

बोस्नियाले समूह चरणका तीन खेलमा एक खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो ।

सहआयोजक क्यानडासँग हेड टु हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट बञ्चित भएको थियो ।

पहिलोपटक सहभागी भएको सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिए बोस्निया दोस्रोपटकमा नकआउट चरणमा पुग्न सफल भएको हो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय