Comments Add Comment

मूल्यवृद्धि ६ प्रतिशतमा राखिने, विदेशी विनिमय सञ्चितिको लक्ष्य घटाइयो

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिको लक्ष्य घटाएको छ । आर्थिक वर्ष २०७६/७७ को मौदि्रक नीति सार्वजनिक गर्दैै राष्ट्र बैंकले सञ्चितिको लक्ष्य घटाएको हो ।

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको आयातलाई आधार मान्दा ८.८ महिनाको वस्तु तथा ७.७ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त थियो । तर राष्ट्र बैंकले यो लक्ष्यलाई घटाएर ७ महिना बनाएको छ ।

बाहृय क्षेत्र स्थायित्वका लागि आर्थिक वर्ष २०७६/७७ मा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय संचिति कायम गर्ने गरी मौदि्रक व्यवस्थापन गरिने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले मुद्रास्फीति ६ प्रतिशतको सीमाभित्र राख्ने बताएको छ । मौदि्रक नीतिको प्रमुख लक्ष्यको रुपमा रहेको मूल्य स्थायित्व कायम गर्न उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतको सीमाभित्र राख्ने गरी मौदि्रक व्यवस्थापन गरिने राष्ट्र बैंकले बताएको हो ।

विस्तृत मुद्राप्रदायको विस्तारलाई १८ प्रतिशतको सीमाभित्र कायम गरिने मौदि्रक नीतिमा उल्लेख गरिएको छ । यसैगरी आन्तरिक कर्जा विस्तार २४ प्रतिशतमा र निजी क्षेत्रतर्फको कर्जा वृद्धि २१ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण राष्ट्र बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment