+
+

नीता र कोशिसको ‘माया’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १८:१०

नायिका नीता ढुंगानाले बनाउन लागेको पहिलो चलचित्रको नाम ‘माया’ राखिएको छ । नीताका अनुसार यो उनको वर्किङ टाइटल हो । नीताले बनाउन लागेको चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्नेछिन् । चलचित्रको शिर्ष भूमिकामा नायिका नीता ढुंगाना आफै हुनेछिन् ।

उनको साथमा नायक कोशिस क्षेत्रीले यो चलचित्रमा अभिनय गर्दैछन् । कोशिसको चलचित्रमा आफ्नै कथा छ । अहिले कोशिस चलचित्रको कथालाई अन्तिम रुप दिनका लागि जुटिरहेका छन् । चलचित्रमा कोशिसकै संगीत रहनेछ ।

चलचित्रलाई सिक्किम र कालिङपोङमा खिचिनेछ । यो चलचित्रले पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई देखाउनेछ । भदौको दोश्रो साताबाट चलचित्रको छायांकन सुरु गरिने नायिका नीता ढुंगानाले जानकारी दिइन् ।
नीताले यसअघि चलचित्र ‘मःम हन्टिङ’ बनाउने तयारी गरेकी थिइन् ।

तर, यो चलचित्रका लागि कलाकार पर्खिनुपर्ने भएपछि उनले नयाँ चलचित्र ‘माया’ बनाउन लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?