
‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मानित गरिएको छ । अनुष्कालाई क्यालिफोर्निया स्थित हिमालयन फाउन्डेशन क्रपले बिहीबार एक समारोह आयोजना गर्दै सम्मान गरेको हो । केही दिनदेखि अमेरिका भ्रमणमा रहेकी उनलाई सो कार्यक्रममा ३८ सय डलर सहयोग रकम प्रदान गरिएको छ ।
सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा चेलिबेटी बेचबिखन समस्या निर्मुल पार्न र विकास निर्माणमा अनुष्काले सहयोग गरिरहेको कारणले गर्दा क्यालिफोर्नियाको बे एरियामा रहेका नेपालीबिच आयोजित अन्तरक्रियाबाट रकम संकलन गरिएको हो ।
आयोजक हिमालयन फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले ‘मिस नेपाल’ अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए । अन्तरक्रिया कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्न लागिरहेको बताइन् । विश्वमा रहेका नेपालीहरुको साथका कारण पनि आफू सफल हुने विश्वास अनुष्काको छ ।
प्रतिक्रिया 4