Comments Add Comment

प्रभावकारी बन्दै ‘विद्यालय नर्सिङ सेवा’ कार्यक्रम, ४२ विद्यालयमा थपिँदै

१७ साउन, विराटनगर । प्रदेश १ सरकारले सुरू गरेको ‘विद्यालय नर्सिङ सेवा’ कार्यक्रम प्रभावकारी बन्दै गएको दावी गरिएको छ । प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा गएको चैत महिनाबाट ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा प्रदेश भरीका १४ जिल्लाका प्रत्येक एक विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन गरेको छ ।

सामुदायिक विधालयमा नर्स राखी त्यहीबाट निःशुल्क औषधिसहितको सम्पूर्ण प्राथामिक उपचारका साथै परिवर्तित जीवन शैली, खानपान, रहनसहन, प्रजनन् स्वास्थ्य शिक्षा जस्ता बिषयको ज्ञान दिने गरिएको छ ।

विद्यालयमा नै नर्सको व्यवस्था गरी त्यहीबाट प्राथमिक उपचारका साथै विधार्थीलाई स्वास्थ्य शिक्षाबारे जानकारी दिइने भएकोले बालबालिकाको सामाजिक ब्यवहार परिर्वतनको लागि कार्यक्रमको सकारात्मक प्रभाव पारेको विराटनगरको पोखरी माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताए ।

‘दुई हजार बढी विधार्थी रहेका हाम्रो जस्तो विद्यालयमा दैनिक विधार्थी वा स्टापहरुमा स्वास्थ्य समस्या देखिन्छ,’ प्रधानाध्यापक भट्टराईले भने, ‘तत्काल स्वास्थ्य समस्याको प्राथमिक उपचार विधालयमै शुरु भएको छ ।’ विधार्थीहरु र स्टापहरुले बिरामी परेर विद्यालय छाडेर घर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा १४ जना नर्स छनौट गरी चैत १ गतेबाट सामुदायिक विद्यालयहरुमा ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालनमा ल्याएकोे हो ।

कार्यक्रमअन्तर्गत स्वास्थ्य उपचार बाहेक परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी परामर्श दिने गरिएको छ ।

सामुदायिक विधालयमा पहिलो पटक ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन आएसँगै आफूहरुमा पनि स्वास्थय समस्यालगायत सरसफाइमा सचेतना वृद्धि भएको विद्यार्थी प्रवेशकुमार साहले बताए ।

‘विद्यालय नर्सिङ सेवा’कार्यक्रमा आएपछि सामान्य स्वस्थ्य समस्याका कारण विद्यालयको पढाइ छुटेको छैन,’ साहले भने, ‘विधालयमा रहनु भएको नर्सले कक्षासमेत लिएर स्वास्थ्य सम्बन्धी ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श दिने कामसमेत गर्दै आउनु भएको छ ।’

पोखरीया उच्च माविमा सञ्चालित ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रमकी स्कुल हेल्थ नर्स प्रतिमा बजगाईंले विद्यालय तहका बालबालिकाहरुलाई स्वास्थ्य सम्बन्धी ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाइ निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा समेत प्रदान गरिँदै आएको बताइन् ।

उनले विधार्थीहरुको पोषण लेखाजोखा,नियमित स्वास्थ्यबारे जानकारी गराउन साथै प्राथमिक उपचारको व्यवस्था, बालबालिकाको स्वास्थ्य र स्वास्थ्य ज्ञानका बारेमा जानकारी गराउने लगायतका काम विद्यालयका सञ्चालित ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रममार्फत गरिँदै आएको छ ।

४२ सामुदायिक विधालयमा कार्यक्रम थपिँदै

सामुदायिक विधालयहरुमा सञ्चालन गरिएको ‘विद्यालय नर्सिङ सेवा’ कार्यक्रम चालु आर्थिक वर्षदेखि प्रदेशका ४२ वटा निर्वाचन क्षेत्रका सामुदायिक विधालयमा थप गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले विद्यालय तहमा कार्यक्रम प्रभावकारी बनेपछि अन्य सामुदायिक बिद्यालयहरुमा पनि ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम बिस्तार गरिएको हो ।

मन्त्रालयले ४ करोड रुपैयाँ बजेट विनियोजन गरी स्थानीय तहको सहकार्यमा यसै आर्थिक वर्षदेखि थप ४२ सामुदायिक विद्यालयहरुमा कार्यक्रम विस्तार गरिएको मन्त्रालयका जनस्वस्थ्य महाशाखाकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेले जानकारी दिइन् ।

किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो ।

तर, मुलुक संघीयतामा गएसँगै १ नं प्रदेश सरकारले संघीय सरकारको अवधारणलाई पहिलो पटक प्रदेशको सामुदायिक विधालय तहमा ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment