Comments Add Comment

आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ ।

वर्तमान अवस्थामा ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको हो ।

१५ सेकेण्डको भिडियो पोस्ट गरिने टिकटकमा अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ ।

बाइटडान्ससँग टिकटकका अलावा अन्य केही भिडियो तथा समाचारमा आधारित एपहरुको पनि स्वामित्व रहेको छ । त्यसमा स्लेक, फ्लिपचार्ट, टोटिओ लगायतका रहेका छन् । तर ती मध्ये सबैभन्दा लोकप्रिय टिकटक ने रहेको छ ।

होडमा अन्य कम्पनीहरु पनि

चीनको आर्थिक पत्रिका केजिंगका अनुसार बाइटडान्सको नयाँ मोबाइल फोन ७ महिना भित्रमा आउन सक्नेछ ।

यद्यपि एपको बजारमा लोकप्रिय भएपछि स्मार्टफोन बजारमा हाम फाल्ने बाइट डान्स पहिलो कम्पनी होइन ।

सन् २०१३ मा चीनको सेल्फी एप बनाउने कम्पनी मितु पनि स्मार्टफोनको दुनियामा प्रवेश गरेको थियो ।

मितुको फोनलाई चिनिया सोसल मिडियामा उतकृष्ट क्यामरा तथा तेज अटोफोकससँगै आर्टिफिसियल इन्टेलिजेन्सका लागि निकै उत्तम क्यामेरा मानिन्छ ।

चिनियाँ बजारमा अहिले नै कैयन् स्मार्टफोन कम्पनीहरु छन् र टिकटकवाला कम्पनीको आगमनले चिनिया स्मार्टफोन बजारमा कस्तो प्रभाव पार्ला ? भन्ने अनुमान गर्न मुस्किल रहेको बताइएको छ ।

विद्यमान अवस्थामा कुनेप्नि नयाँ कम्पनीका लागि स्मार्टफोन बजारमा उत्रिएर आफ्नो ठाउँ बनाउनु निकै मुस्किल छ । अहिले एप्पल, सामसुङ तथा हुवावे जस्ता कम्पनीहरुको स्मार्टफोन बजारमा प्रभुत्व रहेको छ । विश्लेषकहरुका अनुसार स्मार्टफोन बजारमा नयाँ कम्पनीहरु आउने बेला निकै चर्चा हुन्छ । तर केही समयपछि भने ती उत्पादनहरु बजारबाट गायब हुन्छन् ।

ठूला कम्पनीको दबदबा

फेसबुक, गुगल तथा अमेजन जस्ता ठूला ठूला कम्पनीहरुले पनि प्रविधिको दुनियामा आफ्नो कदम राखिसकेका छन् । सोसल मिडिया एप सुरु गर्ने कम्पनी फेसबुकसँग अहिले ह्वाट्सएप् तथा इन्स्टाग्राम जस्ता दुई ठूला कम्पनीहरु रहेका छन् । यद्यपि फेसबुकले आफ्नो एन्ड्रोइड लञ्चर एप ल्याएको थियो । तर त्यो सफल हुन सकेन ।

त्यस्तै गुगल कम्पनीले गुगल पिक्सेल स्मार्टफोन ल्यायो, जसमा उसले सफलता पनि प्राप्त गर्यो । तर सोसल नेटवर्किङ सर्भिसमा गुगल प्लसले असफलता बेहोर्नुपर्यो ।

त्यस्तै अमेजन कम्पनीको ट्याबलेट तथा इ रिडर्सलाई त मानिसहरुले मन पराए । तर अमेजनकै किन्डल फायरलाई प्रयोगकर्ताले रुचाएनन् ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment