+
+
Shares

भारत बसेर नेपाली व्यवसायीलाई धम्की, ७५ लाख माग्ने समातिए

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १२:४४

१९ साउन, काठमाडौं । भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका ३० वर्षीय उदय गिरी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसपी केदार ढकालका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए ।

‘उनले ७५ लाख रुपैयाँ माग गरेका थिए’, ढकालले भने, ‘विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं ।’ धापाखेलबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढकालले बताए ।

गिरी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?