Comments Add Comment

गुल्मीमा चिराचिरा गाउँ, छियाछिया मन (तस्वीर)

१९ साउन, बुटवल । साउन ७ गते बिहानको भारी बर्षासंगै खसेको पहिरोले गुल्मीको सत्यवती गाउँपालिका चिराचिरा बनेको छ । पहिरोमा परी वडा न ३ र ४ का १३ जनाले कालमै ज्यान समेत गुमाउन पुगे ।

स्थानीयको मन अझै पनि सम्हालिएको छैन । पहिरोले बगाएर बांकी रहेको थोरै घर पनि पुनः पहिरोको जोखिममा छ । गाउँका मानिसहरु अझै पनि साविकको अवस्थामा फर्किएका छैनन् । आकाश गर्जिदा वा बादल मडारिदा नै उनीहरुमा त्रास शुरु हुन्छ ।

पहिरो प्रभावितलाई बिभिन्न बिद्यालय र नभत्किएका घरमा गरि १६ वटा अस्थायी बासस्थानमा सारिएको छ । पहिरोले वडा न ३ ठूलोलुम्पेकमा ५ जना र वडा न ४ मा ८ जनाको ज्यान गएको हो ।

ठूलो लुम्पेक र लिम्घामा क्षति पुर्‍याउँदा १२ सय ६० जना मानिस प्रभावित भएका छन् भने पहिरोका कारण ३ सय ७ घर प्रभावित भएका हुन् ।  गाउँम राहत बोकेर जानेहरुको संख्या बाक्लो छ । नगद संकलन अभियानले उनीहरुलाई केही आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment